Uncategorized
Dignit Death

Badri Maskey

August 12, 2024
Comment (0)

मान्छेको सम्मानीत मृत्यूवरणमा उठेको सवाल
(२०८१ साल श्रावण ६ गतेको नेपाल समाचार पत्रमा प्रकाशीत)

                                                                                                                                                                                                                       बद्री मास्के, गोरखा
“मान्छे नमर्ने कुनैठाउँ छैन, मर्ने रहर कसैलाई हुँदैन” यो ध्रुव सत्य हो । तैपनि मान्छेहरु मरिन्छ भन्ने कसैले ठान्दैनन् । फलस्वरुप रिस, राग, लोभ र मोहमा सबै मान्छे फसेका छन् । यसैको कारण मान्छेलाई बाँच्नका लागि धेरै सम्पत्तीको लोभ गर्छन, तर किन ? जुनकुरा जिवनमा कामयाव हुँदैन । यसोहुनु भनेको राज्य व्यवस्थापन र कानुन प्रति अविस्वास हो । यदि सन्ततीले दुःख पाउँदैन भन्ने कुराको राज्यप्रति पुर्णविस्वास हुन्थ्यो भने, अकुत सम्पत्ती आर्जनतिर कसैको ध्यान जादैन थियो होला । कतिपय मुलुकका नागरिकहरु राज्यप्रति विस्वासका कारण हाईसन्चो संग मृत्यूवरण गरेको हुन्छ ।

यहाँ चर्चागर्न खोजेको सहज मृत्यवरणको हो । परापुर्व कालमा धर्मात्माहरु मृत्यू देखि डराउँदैन थिए । आफ्नो मृत्यूको तिथि मिति र समय समेत बताउने गर्दथे । र सहज मृत्यवरण गर्थेभन्ने कहावत सनिन्छ । यसोहुनु भनेको धर्मकै कारण अर्कोजन्म हुन्छ भन्ने कुरामा विस्वास गरेका हुन्थे । पाप र धर्म, स्वर्ग र नरकका कथाले अनैतिक कृयाकलाप गर्नुहुँदैन भन्नेकुरामा पुराविस्वास गर्दथे । यसैले गर्दा समाजमा सान्तीको वातावरण श्रृजना हुन्थ्यो पनि । जिवनको अन्तिम समयमा हाँसीखुसि साथ अर्को जन्ममा भेटौंला हैभनि विदावादी हुनेगर्थे । यसैले पनि मर्ने मान्छेहरु यहलोक छाडेर परलोकमा जानलागेका हुनभन्ने महशुष गर्थे र सहज मृत्यूवरण गर्थेपनि । परिवारले पनि अन्तीम ईच्छा के छभनि सोधपुछ गरि ईच्छा पुरागरि दिने वाचा गर्दथे । अनि भगवानको नाम जप्न भन्दै तुलशीमोठको शुध्दसफा ठाउँमा वा जलासय लैजान्थे । मान्छेको मृत्यूवरणका वारेमा जनमानसमा धेरै कुराहरु सुनिन्छ । फलानाको मरण त अतिराम्रो भयो, फनाना त कति भाग्यमानी रहेछ, सबैसंग भेटघाट गर्नपायो आदी..आदी । तर, अबको दिन त्यो भन्दा धेरै फरक देखिन्छ ।

मन, मस्तीष्क र आत्मा एक अर्कासंग अन्तर संवन्ध हुन्छ भन्नेकुरा विज्ञानको भनाई छ । तर धर्म शास्त्रले चाहिं शरिरको सबैअंग मरेपनि आत्मा मरेको हुदैन भन्छन् । त्यहि आत्मा मृत्यूपछि अर्को लोकमा जन्मलिन जान्छ भन्ने जनविस्वास रहेको पाईन्छ । जिवात्मा अलौकिक अदृश्य शक्ति हो भनिन्छ । शरिरको सबैअंग आराम गर्दापनि मुटु र फोक्सो चलाउने काम तिनै आत्माले गरेको हुन्छ भन्ने जनविस्वास छ । यसैले संकटको वेलामा सबैले भन्छन आत्मावल निकाल्नु पर्छ ।

मान्छेको मन शरिर भित्र कुन ठाउँमा हुन्छ ? भन्ने प्रश्नमा न्यूरोलोजीष्ट डा.सुनिल कोईराला बताउनु हुन्छ “मन र आत्मा भौतिक शरिरमा कतैपनि भेटिदैन । तर, मनचाहीं मस्तिष्कवाट पैदा हुन्छ । हामिले कुनैकुरा देख्यौं, सुन्यौं भने त्यो पहिला मस्तिष्कमा पुग्नेगर्छ । अनि भावनात्मक कुरालाई हामि मन र आत्मालाई संगै जोड्छौं” । यसको मतलब मन मस्तीष्कको एउटा उपज हो, यसैले यो सपना जस्तै जताततै डुल्छ भन्ने विज्ञहरु बताउँछन ।

मृत्यूको समयमा मानिसहरु गहिरो निन्द्रामा परेको जस्तै चेतना हराउने र सपना जस्तै देख्न थाल्छन भन्नेकुराको अनुभव यस्तो छ । कृषी व्यवसाय गर्नुहुने मेरो मित बुबा स्व. क्षेत्रजङ्ग.पाण्डेको मृत्यूको वेलामा अन्तिम बाक्य गाईबाख्रा धपाउनु भएपछि प्राणत्याग गर्नु भएको थियो । त्यस्तैगरि मेरो काईली आमा (डल्ली धमा) स्व.पुर्णमाया मास्के पनि बाख्रा पालनगरि एक्लो जिवन विताउनु हुन्थ्यो । प्राणत्याग गर्नेवेलाको अन्तिम बाक्य बाख्रा धपाउनु भएको थियो । यसको मतलब मृत्यूवरणको अन्तिम समय गहिरो निन्द्रामा सपना देख्ने र पुराना कुराहरुको याद आउने रहेछ भन्ने प्रमाणीत होभन्ने लागेको छ ।

अझैपनि धामी झाँक्रीहरु मृत्यू परान्त आत्मालाई बोलाउने गर्दछन् र आत्मा संग दुःख सुखका कुराहरु सोध्ने पनि गर्छन् । पितृआत्माको चित्त बुझाउनु पर्छ भनेर विभिन्न किसिमको दानधर्म र श्राध्दहरु गर्ने गरिन्छ । यसलाई हामि आत्मा सन्तोष, आत्मासान्ति, आत्माबलका लागि हो भनेर पनि मान्ने गर्छौं । यसै कारण आत्मा एउटा अदृश्य शक्ति हो भन्नु उपयूक्त होला ।

सत्ययूगमा पनि यदाकदा बदमासहरु नभएका होईनन् । तर, तिनिहरुलाई पनि हिनतावोध भने हुने गरेको हुँदा पश्चाताप गर्दै प्रायश्चित गर्ने गरेका हुन्छन । परम्पराका मान्छेहरु मत्यूवरण प्रायजसो घरमा हुनेगर्थे । यहि सन्दर्भमा, केहिवर्ष अगाडीका कुरा हो । गोरखा लिगलिग, बोहोरा गाउँका वरिष्ठ न्यूरोसर्जन डा.उपेन्द्र देवकोटाले मृत्यू अगाडी आफुले केटकेटीको वेलामा खाएका ढुङ्गेधाराको पानीखान हेलिकोप्टर चढेर गाउँ पुगेका थिए । पुरानो जन्म घरको पिढिमा सुतेर पानी खाएपछि हँसीलो मुहारमा आफन्तहरु संग विदावादी भएका थिएभन्ने सुन्छौं । सायद उनले मानव मस्तीष्कका वारेमा जानाकारी भएकोले थप जानाकारी दिनका लागि होला प्राण त्याग्ने वेलामा पनि परिवार संग भनेका थिए “अबको बाँकी यात्रा म एकलै गर्छु, यो भन्दा अरुथप दुःखाई सहन सक्तिन” । यो कुराले पनि पुष्टी हुन्छकी, मानिसले मृत्यूपछि पनि यात्राको तयगर्छ भन्ने दर्शाउँछ । यसैले मान्छेले मत्यूलाई सहजै स्विकार्न सक्ने उचित वातावरण र व्यवस्थापन हुनु अतिजरुरी देखिन्छ ।

अब नयाँ खोजको प्रसंग पनि यहाँ जोड्न चाहान्छु । Journal of the American Medical Association (Vol. 284 No. 19, November 15, 2000) को एउटा लेखमा अशल मृत्यूवरणको कुनै व्याख्या त गरिएको छैन । तर, गुणस्तरिय जिवनको अन्तिम क्षेण सुखद बनाउनु एक गतिशिल प्रकृया हो भनेका छन । जुनकुरा विरामी, परिवार र स्वास्थ्य सेवामा संलग्न व्यक्तिहरुको विचमा समझदारी गरिन्छ । यसमा, जिवनको अन्तीम क्षेण भनेको गुणस्तरिय व्यवस्थापन र अशल मृत्यूवरणको नौ सिध्दान्तहरु उल्लेख गरिएको छ । ति हुन्
ड्ड मर्ने वेलामा दुखाई खप्न नपरोस् ।
ड्ड सान्ति पुर्वक ईश्वरको साथमा छु भन्ने महशुष हुन सकोस् ।
ड्ड मर्ने वेलामा सबै परिवार साथमा रहोस् ।
ड्ड मर्ने वेलामा मानसिक रुपले सचेत हुनसकोेस् ।
ड्ड वैकल्पीक उपचार विधिहरुको पालना होस ।
ड्ड मर्ने वेलामा आर्थीक वृत्त सहज रहोस ।
ड्ड मर्ने वेलामा जिवन अर्थपुर्ण रहेको महशुष होस ।
ड्ड मर्ने वेलामा जिवन विवाद रहित होस ।
ड्ड मृत्यूवरण आफ्नै घरमा होस ।

यस लेखमा उल्लेख गरिएको छकि प्राय विरामीहरु आध्यात्मीकतामा बढि ध्यान दिएको हुन्छ । र परमेश्वरलाई सम्झेर प्रार्थना गर्दै सान्ती चाहेको हुन्छ । ईश्वरको साथमा सान्ती र दुःखाई नहुनु मुख्यतया विरामी र परिवारको चाहाना हुन्छ । जेभए तापनि मेडिकल जर्नलको सर्भेक्षणले के बताएको छभने, जिवनको अन्तिम समय सामाजिक कुरामा भन्दा आफ्नै समस्या समाधान वा आध्यात्मीक अभिव्यक्तिमा ध्यान दिनेकुरा बताएका छन ।

अहिलेको मृत्यूवरणको परिवेसका वारेमा पनि केहि चर्चागर्नु उचित ठान्दछु । स्वास्थ्य विज्ञानको कुरागर्नु पर्दा चमत्कारै चमत्कार छ भन्नु पर्छ । वैज्ञानीकहरु यसै ब्रम्हाण्ड भित्र मान्छे नमर्ने ठाउँको खोजिमा लागि रहेका छन । यो कति सम्भव छ भन्नेकुरा चाहीं भविष्यले बताउनेनै छ । तर, अहिले तत्कालको परिवेसलाई हेर्दा भने आफ्नो घरमा मृत्यू हुनेको संख्या ज्यादै न्यूनहुँदै गएको छ । मृत्यूको वेलामा तैपनि बचाउन सकिन्छकि भनेर परिवारले कुनैन कुनै अस्पताल पु¥याएका हुन्छन् । जिवनको अन्तिम समयमा आफ्नो संस्कार अनुसार दानधर्मको कुरात परैजावस् आईसियूमा राखियको हुँदा आफन्तले भेट्न समेत पाएका हुँदैनन् ।

परिवार र डाक्टर भने नबाँच्ने भएपछि पनि बचाउने आशामा नानाथरिका परिक्षणहरु गरिरहेका हुन्छन । यसरि विरामी र परिवारले दुःखत पाउँछननै पैसाको पनि सत्यानास गर्छन् । तर केका लागि भन्ने प्रश्नमा भने माया बाहेक कुनैकुरा देखिदैन । म आफु पनि ६ दशक स्वास्थ्य क्षेत्रमा वितायको नाताले केहि अनुभव शेयर गर्न चाहान्छु । कुनैपनि स्वास्थ्यकर्मीले रोग पत्ता लगाय पछि रोग अनुसारको औषधी दिनुपर्छ । यो कुरा धनवन्तरी वाचा (Hippocratic Oath) ले पनि बताएको छ । तर, औषधी लेख्ने वेलामा धेरै विरामीले “म संग पैसाछैन डाक्टर साहेव, थोरै मात्र औषधी लेखि दिनोस” भन्ने गर्छन । रोगले धनि र गरिब भन्दैन, औषधी सबैको लागि एकै हुन्छ । यतिवेला चिकित्सकलाई कति धर्मसंकट हुन्छ होला, औषधी लेख्नुपर्ने एउटा तर वाध्यात्मक कुरा अर्को । यहि कारण राज्यले स्वास्थ्य उपचारमा निःशुल्कको व्यवस्था अनिवार्य गर्नुपर्ने हुन्छ । कोहीपनि औषधी नपाएर अकालमा मृत्यूवरण गर्न नपरोस । नागरिकको बाँच्ने अधिकार सबैको बराबर हुन्छ ।

मान्छे मर्नेवेलाको दुखाई, सास्ती र परिवारको मायाले पनि चिन्ता गरेको हुन्छ भन्नेकुरा मेरो एउटा अनुभव छ “वि.सं २०४८ सालमा बुबा क्यान्सरको व्यथाले पिडित हुनुहुन्थ्यो । हिन्दु धर्म अनुसार दसदान र वैतर्नी गर्दा भन्नु भयो “बाबु दानगर्ने पैसा आमालाई राख्नदेउ, तिमिले धेरैपैसा राख्छौ” । मृत्यूको मुखमा पुगेको बुबालाई पैसाको मायाहुनु भनेको सायद परिवारको लागि होला भन्ने सम्झे । यसरि चिन्ता लिनु भनेको मृत्यूवरणको वेलामा पक्कै पनि सकस हुन्छ होला भन्ने ठानेकोछु ।

सहज मृत्यूवरणका वारेमा न्यूरोसर्जन डा. बसन्त पन्त भन्नु हुन्छ “रोग निवारण नहुने भैसके पछि विरामीलाई उचित व्यवस्थापनको खाँचो हुन्छ । जहाँ मर्ने वेलाका विरामीले चिन्ता र दुखाई सहन नपरोस, खुसिसाथ मत्यूवरण गर्नसकोस” । आजकल धेरै बृध्दावस्थाको जिवन झनै असहज हुँदै गएको देखिन्छ । यसको सहजताका लागि पनि माथि डा.बसन्त पन्तज्यूको भनाई सान्दर्भीक देखिन्छ ।

अन्ततः मान्छे सहजै मृत्यू हुन दिएको हुँदैन । कृतिम स्वास प्रस्वास वाट भएपनि केहि समय वा दिनका लागि बचाउने प्रयाश भैरहेको हुन्छ । तर, उमेर पुगेका बृध्दावस्थाका विरामीलाई यसरि बचाउनुको केअर्थ ? बचाउन भनि जबरजस्ती जेथामेथा भ्याउन किनपर्ने ? यस विषयमा गम्भीर भई सोच्नु आवश्यक छजस्तो लाग्छ ।

कुनैपनि मुलुकको नागरिकहरु मृत्यसंग नडराई सहज मृत्यूवरण गर्नको लागि राज्यले केहि कुराको सुनिश्चितता गराउनु अत्यावश्यक छ । जस्तैः १) विरामीको मनमा परिवारले सहज संग बाँच्न पाउँछन भन्ने कुराको सरकारले सुनिश्चितता दिनुपर्छ । यसले गर्दा परिवारले दुःख पाउँदैन भन्ने कुरामा मृत्यूवरण गर्नेलाई आनन्द मिलोस । २) निवारण नहुने रोगलागेका वा शरिरको अंगहरुले काम नगर्ने पक्का भएका विरामीलाई अस्पतालले थपखर्च नगराई घरमा वा डा.बसन्त पन्तले भनेजस्तो स्याहार केन्द्रमा लैजाने शल्लाह दिने वातावरण हुनुपर्छ । ३) मृत्यूको नजिक पुगेका मान्छेलाई प्रायजसो दुःखाईले असहज बनायको हुन्छ । यसैले नदुख्ने औषधी तथा केहि समय बाँच्न र तागतको खाना (Nutrition Diet) दिनुको साथै स्याहारसुसार तथा हेरचाह गर्ने ठाउँको व्यवस्था हुनुजरुरी छ । ताकि, उसलाई मृत्यूवरण गर्न कुनै असहज नहोस । किनभने घरका परिवारले यो सबैकुरा व्यवस्था गर्न सक्तैन र भ्याउँदैन पनि ।

अन्तमा, यो सबै कामका लागि सरकारले जनताको बाँच्ने अधिकार सुनिश्चित गराउन शिक्षा, स्वास्थ्य, बाँच्ने आधार र सुरक्षाको व्यवस्था निःशुल्क रुपमा उपलब्ध गराउनु पर्छ । यसो भएमा मात्र मान्छेहरु सहज मृत्यूवरण गर्नसक्छ । धन्यवाद

बद्री मास्के, गोरखा
मितिः २०८१।०३।१३ मा

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *