गोरखाबजारको विकासमा पानीको भूमीका
(२०७१।०४।०९मा दरौंदी दैनिक पत्रिकामा प्रकासित))
पानी जिवनको महत्वपुर्ण वस्तु हो भन्ने कुरा हामि सबैलाई थाहा छ । तर, यसलाई आदर ९च्भकउभअत० पुर्वक व्यवहार गर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । र यो के भनेको हो भन्ने कुरा सबैले थाहा पाउनु जरुरी छ । यसरि पानीको मर्मलाई सहि व्यवहार गर्न नसके भविष्यमा हामीले यसकै कारण धेरै दुःख पाउन सक्छौं । पानीको आदर भनेको मानिसले मानिसलाई गरिने आदर सम्मान जस्तो होईन । यसको आदर भनेको सहि तरिकावाट प्रयोग गर्नु र यसको सहि तरिकाले संरक्षण गर्नु हो । जिवनका लागि अत्यावश्यक वस्तु भनेर जान्दा जान्दै पनि यसको अवमुल्यन गर्नु, यसको महत्वलाई गौण तरिकाले लिनु हुन्न भन्ने हो । आफ्नो भलो चिताउने र राम्रो गर्नेलाई आफुले पनि आदरगर्न जान्नु पर्छ, ठिक त्यस्तै हो यो पनि । आफ्नो जिवन रक्षागर्ने अथवा भलोगर्ने पानीलाई आफुले पनि आदर पुर्वक व्यवहार गर्नुपर्छ ।
मानिसहरु भन्ने गर्छन, यसलाई निशुल्क रुपमा वितरण गर्नुपर्छ, यसको लागि सकेसम्म पैसा खर्चगर्न हुन्न भन्ने ठान्दछन । तर त्यसो होईन, पानी जिवनमा नभई नहुने वस्तु भएकोले अन्य कुरामा भन्दा यसको लागि बढिभन्दा बढि खर्चगर्नु परेता पनि तयार हुनपर्छ । किनभने यो वस्तु जिवनको हरेक पलमा आत्यावश्यक छ, कृषी होस या सरसफाई, खाना पकाउन होस या तुलफुल बगैंचामा र शारिरिक तन्दुरुस्ती आदी आदी । तर कुन कामको लागि कुन स्तरको पानी भन्नेकुरा भने सबैले जान्नुपर्ने कुरा हो । हाम्रो गाउँ घरमा आँखाले सफा देखेपछि पिउन योग्य छ भन्ने ठान्दछौं । तर त्यसो होईन, धेरैजसो रोगहरु पानीवाट नै आउँने गर्छन । पानीमा आँखाले नदेख्ने हजारौं किटाणुहरु हुन्छन । जसले गर्दा मानिसको शरिरलाई विगार्ने मात्र होईन मृत्यूको मुख सम्म पनि पु¥याउँछ । तसर्थ, पानी प्रयोग गर्दा सबैले होशियारी अपनाउनु पर्छ ।
हाम्रो समाजको धारणा यस्तो छ कि जिवनमा चाहिने सबै प्रकारका सरसामानहरुमा जतिपनि पैसा खर्चगर्न हिच्कीचाउँदैनन् । तर पानीको लागि खर्च गर्नु प¥यो भने खेरगएको ठान्दछन् । जब कि, त्यहि पानीका लागि (विशेष गरि महिलाहरु) झरि, बादल, उकालो, ओरालो, रातसाँझ नभनिकन ढुंगेधारा सम्म शारिरिक कष्ट उठाउँदै घण्टौं लाईनमा बसेर समय खर्च गरेका हुन्छन । त्यो पनिे पानी शुध्द गरिएको हुँदैन, परंपरागत ढुंगेधाराका प्रशोधन नगरिएका पानी लिने गर्छन । यसरि ल्याईएको पानी कति सुरक्षित छ, यसको श्रोतमा प्रदुषण हुने संभावना छ कि छैन भन्ने कुरा रतिभर कसैले पनि सम्झेका हुन्नन् । जबकि श्रोतमा कुकुर, विरालो, चराचुरुंगी जस्ता पशुपंक्षिहरु द्वारा हुने प्रदुषण, हावाहुरी र वर्षाको पानीवाट हुने प्रदुषण त्यत्तिकै धेरै संभावना हुन्छ ।
विगतमा नेवाः र जाईकाले पटक पटक गरेको जाँचमा गोरखा बजारका ढुंगेधाराको पानीमा ई–कोलाई (दिसामा पाईने जिवाणु) प्रशस्त भेटिएको व्यहोरा सार्वजनिक भएकै हो । यस्तो जिवाणुले मानव शरिरमा पछि गएर कलेजो, आन्द्रा खराव गर्ने मात्र होईन, कडा रोगहरुको शिकार बन्न सक्छ । तै पनि हाम्रो समाज बुझेर पनि बुझ पचाए जस्तो गरि अफ्नै शरिर माथि खेलबाड गरिरहेका देखिन्छन । यो कुरा बुझेका केहि पैसा खर्चगर्न सक्ने उपभोक्ताहरुले आफ्नै घरमा विभिन्न किसिमको फिल्टर प्लाण्टवाट शुध्दगरेर प्रयोगगर्ने गरेका छन । तर एक थोपा पानीवाट आउन सक्ने हजारौं रोगका लागि यसरि पनि रोकथाम हुन सक्तैन । तसर्थ, सबै कामको लागि प्रयोग गरिने पानी प्रशोधित र शुध्द भएमा रोग तथा किटाणु आउने बाटो बन्द हुनसक्छ । अन्य वस्तु नहँुदा पनि मानिस केहि दिन बाँच्न सक्छ, तर पानी नभए मानिस केहि समय पनि बाँच्न सक्तैन । यो कुरा सबै उपभोक्ताले राम्रो संग बुझ्नु जरुरी छ ।
गोरखा बजारका उपभोक्ताहरुले परंपरागत पानी खाने गरेका ढुंगेधाराको पानी आ–आफ्ना घरमा वितरण गर्दा पानी महशुलमा कमि आउने भएकाले सबै ढुंगेधाराका उपभोक्ताहरु आ–आफ्नो योजना बनाउन तम्सेका छन । केहि उपभोक्ताहरुले यसरि नै उपभोग गरिसकेका पनि छन । वास्तवमा पानीको श्रोत वा ढुंगेधारा सार्वजनिक सम्पत्ति हो । यहाँ बटुवा होस वा परदेसी सबैले पानी लिन र प्रयोग गर्न पाउनु पर्छ । सरकारी नियमले पनि यसै भन्छ भन्नेकुरा सबैलाई थाहा भएकै हो । खानेपानी जस्तो संवेदनसिल वस्तुको योजना बनाउँदा निश्चित समुदायको सुविधालाई मात्र ध्यानदिई योजना बनाउनु ज्यादै संकुचित विचार र स्वार्थले गरिएको ठहर्छ । यसोगर्दा कुनै क्षेत्रमा धेरै पानीको श्रोत, कुनै क्षेत्रमा थोरैश्रोत हुनेभएकोले वितरण प्रणली समान तरिकाको हुदैन । त्यसैले सानो सानो योजना बनाएर निश्चित समुदायले मात्र सुपथ र सुविधामा प्रयोगगर्ने योजना बनाउँदा गोरखा सदरमुकामको बृहत वस्ति विकासका लागि सोचाई पुगेको ठानिदैन । तसर्थ, गोरखा बजारको खानेपानी योजनाको वारेमा कुरा गर्नुपर्दा पृथ्विनारायण सानासहरी खानेपानीको पनि कुरा गाँसिएर आउँछ, स्वभाविक हो । यो सानासहरी आयोजनाले सदरमुकामका सबै क्षेत्रलाई समेटेको हो । जनसंख्या बृध्दि पछि सदर मुकामवासीलाई पानीको अभाव खट्कीनुको साथै ढुंगेधाराको अप्रशोधित पानी प्रयोग गर्नुपरेको व्यथाका कारण सानासहरी खानेपानीको जन्म भएको हो ।
सदर मुकामवासिले शुरुमा सानासहरी आयोजना कार्यालयमा गरेको प्रस्ताव सबै स्थानिय श्रोतहरुको पानीलाई खेरजान नदिई जम्मा गरेपछि प्रशोधन गरि वितरण गर्ने नै थियो । तर सुखा मौसमको पानी नापगर्दा नपुग्ने भएपछि दरौंदी र लुदीखोला प्रस्ताव गरिएकोमा यो पनि महँगो हुनेभएकोले संभावना नदेखिए पछि अहिलेको छाङ्गखोला र ढाक्रेखोलामा पुग्नु परेको हो । यसरी विद्युत र मेसीनमा भरगर्नु पर्ने पानीलाई स्विकार गर्नुभनेको गोरखा सदरमुकाम वासीको बाध्यता हो, रहर होईन । पानी सहज र सुविधा गराउने ठुलाठला कुराहरु पहिले पनि नगरेका होईनन् । तर संभावना नदेखेर नगरेका हुन् भन्नेकुरा बुझ्नु जरुरीछ । तर, आयोजनाका कर्मचारी, ठेकेदार र सहजकर्ता ९ऋयलकगतिबलअथ० को कमी कमजोरीका कारण सानासहरीको आयोजना धरापमा पर्न गएको हो । यसमा हामि उपभोक्ताहरुको पनि केहि कमिकमजोरी रहेको हुनसक्छ, तर यो सबै अबुझ र असमझदारीका कारण हुन गएको होभन्ने महशुष गरिएको छ । तर, हामि उपभोक्ताहरु संधै यस्तो अबुझ र असमझदारी हुनु हुन्न । अन्यथा भविष्यमा हामिले अरु धेरै दुख पाउने संभावना रहन्छ ।
तसर्थ, गोरखा सदरमुकामवासीले गोरखा बजारको बृहत विकासका लागि सोच्नुपर्ने कुरा चाहिँ के होभने समझदारीका साथ सानासाना योजनाहरुलाई समायोजन ९ःभचनभ० गरेर बृहत र गुणस्तरिय योजना बनाउनु अनिवार्य ठान्दछु । यस बृहत योजनालाई सफल बनाउन उपभोक्तहरु मध्येवाट जोसुकैको नेतृत्वमा कार्यक्रम चलाईने भएता पनि विरोध नगरिकन सहर्ष स्विकार्नु पर्नेहुन्छ । र गोरखा सदरमुकामको खानेपानी वितरणलाई सहज र सरल बनाउन निम्न कुराहरुलाई समायोजन सहित सुधार गर्नुपर्छ भन्ने व्यक्तिगत धारणा छ ।
१. सबै साना योजनाहरुलाई समायोजन ९ःभचनभ० गर्ने र स्थानिय पानीका श्रोतहरुलाई एकिकृत गरि बृहत कार्य योजना बनाउनु पर्छ । पानी खेरजान नदिई संकलन र प्रशोधन गरि नियमित रुपमा वितरण गर्नुपर्छ । र प्रशोधित शुध्द पानी हरेक श्रोतवाट निश्चित समय पाउने यथावत व्यवस्था गर्नुपर्छ ,। तब मात्र सबै नागरिकहरु पानीवाट आउने रोगवाट बञ्चित हुन्छन ।
२. पानीको महत्वको साथै दुरुपयोग र सदुपयोगको वारेमा उपभोक्ताहरुलाई राम्रो संग जानाकारी गराउन विविध कार्यक्रमहरु ल्यााउनु पर्छ । जसले गर्दा असमझदारीका कारण विवाद नआउन नपाउन् ।
३. विकास मानव वस्तिमा चाहिन्छ र वस्तिको विकासवाट ठुला शहर, ठुला योजनाहरु बन्छ । यसैले गोरखा सदरमुकामको बृहत वस्ति विकासका लागि पानीको सुविधा अनिवार्य छ । किनभने ढलनल, सरसफाई यसैमा निर्भर छ । पानीको सुविधा नभएको ठाउँमा मानिसहरु आउँदैनन । तसर्थ, गोरखा बजारमा भएको पानीलाई व्यवस्थित गर्ने र थप श्रोतहरु खोजिगर्नु जरुरी छ । जसले गर्दा गोरखामा बस्ने संपुर्ण नागरिकलाई पानीको असुविधा महशुष हुन नपावोस् ।
४. गोरखाबजारको पानीको श्रोतहरुलाई दिगो राख्न बर्षे पानीलाई पनि सदुपयोग गर्ने योजनहरु ल्याउनु पर्छ । जस्तै श्रोतहरु माथि बर्षे पानी जम्मा गरि श्रोतहरुलाई रिचार्ज गर्ने, घरघरमा बर्षे पानी प्रयोग गर्ने कार्यक्रमहरु बनाउने, प्रयोग भईसकेको पानीलाई विविध काममा पुनः प्रयोग गर्ने जस्ता कार्यक्रमहरु बनाउनु पर्छ ।
५. बाहिरवाट ल्याईएको विद्युतमा निर्भर हुनुपर्ने महँगो पानीलाई विकल्पको रुपमा मात्र प्रयोग गर्नुपर्छ । यसरि गोरखाबजारको पानी वितरण कार्यमा वृहत सोचाई नबनाउने होभने भविष्यमा पुस्ताहरुले निश्चित रुपमा दुख पाउने देखिन्छ । अन्यथा बसाई सराईको सहारा लिनु पर्नेछ । यस किसिमको समाधानको सोचाईहरु अहिले नबनाए पनि भविष्यमा कुनै न कुनै दिन यस विषयमा सोच्नैपर्ने हुन्छ । अन्यथा, गोरखाको वस्ति विकास हुने संभावना रतिभर देखिन्न ।
बद्री बहादुर मास्के, संस्थापक अध्यक्ष, दरौंदी तथा पृथ्वीनारायण खानेपानी, गोरखा
0 Comments