नेपालको विकासका लागि अपनाउनु पर्ने शिक्षा निति
(मिति २०७८।०४।२० को दरौंदी अनलाईनमा प्रकाशीत)
बद्री बहादुर मास्के, गोरखा
देसको विकासका मुल आधार भनेको शिक्षा नितिनै हो । राणाकालमा जनताले पढ्न नपाउने निति थियो । यतिवेलाको विकास के कस्तो थियो भन्नेकुरा हामि सबैले भोगेका छौं । यसको विषयमा कुरैगर्नु परेन । राणाकालको सामन्ती शासन पछि खुलेका विद्यालय तथा पाठशालाहरुका शिक्षा पनि क्षेमताका लागि भन्दा कखरा जान्ने योग्यताका लागि मात्र भयो । निति र लक्ष विनाको शिक्षा भएकोले पटकपटक देसको पध्दती फेरिदा पनि शिक्षा निति फेरिएन । पटक पटकको परिक्षण निति पछि पनि नेपालको शिक्षामा मुलभुत परिवर्तन पटक्कै आएको देखिएन ।
२०७८ साउन १४ को कान्तीपुरमा प्रकाशीत विद्वत श्री उत्तम बाबु श्रेष्ठको “हाम्रो अनुसन्धान–वातावरण” लेखका आधारमा शिक्षाका विषयमा कुरागर्नु पर्दा विस्वका शैक्षिक उपलब्धीलाई हेरेर नेपालको शिक्षा नितिले ०.००१% प्रतिशत पनि काम गरेको देखिन्न । नेपालमा अनुशन्धान गर्ने संस्था सेडा, रिकास्ट, सिनास र सेरिड पनि फड्को मार्नु भन्दा झनै ओरालो लागेको आभाष मिल्यो । विशेषज्ञ उत्तम बाबुको अडिटेड लेखमा पढ्दा नेपालको शिक्षा नितिले पटक्कै काम नगरेको देखियो । यस लेखमा उच्चस्तरिय शिक्षाको लेखाजोखा गरिएको भएपनि जगकै शिक्षा नितिमा चित्त नबुझेको हुँदा यहाँ केहि छलफल गर्न मनलाग्यो ।
उच्च शिक्षाका विषयमा मलाई केहि भन्नु छैन । तर तल्लो तहको शिक्षामा भएको कमीकमजोरीका वारेमा चर्चागर्नु पर्ने देखिन्छ । “नानीमा लागेको बानी” र “दिनको लक्षण विहानीले देखाउँछ” भन्ने उखान यसै बनाएका पक्कै होईनन् । त्यसैले प्राथमीक तहको शिक्षामा बालबच्चाको आनीबानी, नैतिकता, अनुशासन र सभ्यताका वारेमा उनिहरुको बानीमा नै परिवर्तन ल्याउनु पर्छ । यस विषयमा एक अनुभव बताउन चाहान्छु । बेलायतको भ्रमणमा जाँदा म संग नेपालमा शिक्षा प्राप्त गरेका ६÷७ वर्षका एउटा बच्चा र सोहि उमेरका अर्को बच्चा बेलायतमै शिक्षा प्राप्त गरेका थिए । उनिहरु दुबैजना हामि संगै भ्रमणमा सहभागी थिए । नेपालमा पढ्ने बच्चाले चकलेट खाएर खोस्टा बाटोमै फालि दिए । अनि बेलायतमा पढ्ने बच्चाले “ए यसोगर्न हुँदैन” भनेर फोहोर टिपेर हातमा ल्रियो । अलिपछि त्यो फोहोर यहाँ फाल्नु पर्छ भन्दै नेपालमा पढ्ने बच्चालाई कन्टेनर देखाउँदै चकलेटको खोस्टा फालेर देखायो । बच्चाले पाउनु पर्ने नैनिक शिक्षा यस्तैयस्तै होईन र ? कति फरक शिक्षा रहेछ भन्ने अनुमान यसैवाट पनि गर्न सकिन्छ ।
अर्कोकुरा, यूरोपमा होस् वा अन्य कुनै देसमा । +२ सम्म निशुल्क शिक्षा भएपनि विद्यालयस्तरमै पढ्न छाड्ने विद्यार्थीहरुले कुनै न कुनै कामगर्न सक्नेगरि शिक्षा प्राप्त गरेका हुन्छन । समाजलाई चाहिने हरेक तहका टेक्नीसीयनहरुको आवश्यक्ता परिपुर्ती हुन्छ । यसपछि पढ्न छाडेकाहरु वेरोजगार पनि हुँदैनन् । क्षेमता नभएका अभिभावकका केटाकेटीहरुले उच्च शिक्षा पढ्ने ईच्छागरेमा एकघण्टा भित्र ऋण पाउँने व्यवस्था गरिएको हुन्छ । नेपालमा पनि यस्तो ऋण पाउने व्यवस्था त छन । तर विद्यार्थीहरु ऋणलिन धाउँदा धाउँदा आफै थाकेर ऋणपनि लिन्न पढ्दा पनि पढ्दीन भन्ने निर्णयमा पुग्छन । यसरि उत्पादन हुनसक्छ त देसमा उच्चस्तरको नागरिक र वैज्ञानीकहरु ?
नेपाल अर्ध विकसीत मुलुक होभन्ने हामि सबैलाई थाहा छ । यसैले कतिपय बालकहरु हातमुख जोर्नका लगि अथवा खान नपायर कलिलै उमेरमा खेतीपाती र मजदुरी गर्न बाध्य हुन्छन । राज्यले यस किसिमको वाध्यता टार्न कुनै निति ल्यायको देखिन्न । अर्कोतर्फ दुर्गम क्षेत्रका विद्यालयहरुमा शिक्षकहरुको बदमासी नियन्त्रण गर्ने कुनै निति लागु गरेको देखिन्न । यसको उदाहरणका लागि मिति २०७७।०२।१० मा दरौंदी अनलाईन पत्रीकामा प्रकाशीत श्री शिव उप्रेती जिले लेख्नु भएको लेखको केहि अंश संझन चाहान्छुः “पेमाथाङ्ग प्रा.वि. बन्द भएको २० वर्ष भन्दा बढि भएको थियो । शिक्षक र विद्यार्थी नभए पछि स्कुल आफसेआफ बन्द भएको थियो । शिक्षक सबै तल्लो भेगका थिए । चार पाँच दिनको बाटो हिडेर गएका शिक्षक वर्षमा जम्मा ३० दिन पनि बस्दैनथे ।” “स्कुलमा विद्यार्थीनै आउँदैन । एकदिन, दुईदिन, तिनदिन, कतिदिन बस्ने रित्तो स्कुलमा” ? ‘शिक्षक यसरि प्रश्न गर्थे’ ।
“यो उमेरमा म्हेन्दोहरुले स्कुल नदेखेका होईनन्, गाउँमै छ प्रमाथाङ्ग प्रा.वि. । उनिहरुका बाबु त्यहि स्कुलमा भर्ना भएका थिए कुनै दिन । अहिले म्हेदोहरु त्यहि स्कुलको कोठाकोठामा याकचौरी चराउँछन । बर्षायाममा त झाडीले ढपक्कै ढाक्छ छिचोल्न पनि नसक्ने गरि । स्कुलमै बस्तुभाउ डुल्छन, हराउँछन् ।”
यसरि शिव उप्रेती जिले लेख्नु भएजस्तै नेपालका कतिपय स्कुलहरुको अवस्था यस्तै देखिन्छ । उनले फेरि लेखेका छन् “दशैं मान्न गएका माष्टरहरु दँशै तिहार सकेर कात्तिकको अन्तिम हप्ता, मंसीरको पहिलो हप्तातिर आउँछन् । अनि पुसको एकगते जाडो विदा गरेर झर्छन । चैत सम्म हिउँपर्ने सिजन । बैशाख जेठ घरमा ढोका थुनेर यार्शागुम्बा टिप्न जाने सिजन, बालबच्चा पनि लेकतिर जान्छन् । असार साउन भदौ महिना वर्षा महिना बाटोघाटो हिडिसक्नु हुँदैन । एकैचोटी असोजमा केहिदिन आउँछन । केहिदिन बसेर दँशै मान्न जान्छन । अनि विद्यार्थी कसरि स्कुल जाउन् ?” ‘अभिभावकहरु यसरि प्रश्न गर्थे ।’
यस्ता छन नेपालका बालबच्चाहरुको क्यारियर बनाउने स्कुलहरु । तसर्थ, यूरोपमा जस्तै सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुलाई राज्यले जो हातमुख जोर्नका लागि मजदुरी गर्छन । तिनिहरुलाई मजदुरी गर्न नपर्ने गरि भत्ताको व्यवस्था गर्नु पर्दैन ? सुगम होस वा दुर्गममा पढाउने शिक्षकहरुको सेवा र सुरक्षाको ग्यारेन्टी र अनुगमनको व्यवस्था हुन अत्यन्त जरुरी देखिन्छ ।
नेपालका प्राथमीक र माध्यमीक शिक्षाको पाठ्यक्रममा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यक देखिन्छ । जस्तैकिः हरेक प्राथमीक तहका बालबच्चाहरुलाई नैतिक शिक्षा, सभ्यता र अनुशासनका वारेमा जोडदिनु पर्छ । यस्तैगरि हरेक माध्यमीक तहमा व्यवहारिक शिक्षामा जोडदिनु पर्छ भन्ने मेरो जिज्ञासा रहेको छ । यसले गर्दा राज्यको समस्त नागरिक पनि अनुशासीत, कुशल र सभ्य हुनेछन । व्यवहरिक शिक्षाले गर्दा आफै रोजगारको सृजना पनि गर्छन ।
अहिले नेपालको शिक्षाः जसरि भएपनि प्रमाण पत्र हातपार्ने खालको छ । यसैगरि प्राप्तांक पनि उच्च रहोस् । तर, विद्यार्थीको क्यारियर र क्षेमता भने जस्तोसुकै होस, यसको मतलब छैन । प्राप्तांक मात्र हेरेर विद्यार्थीहरु राम्रो र नराम्रो भन्ने गणना गर्छन् । कस्ता विद्यार्थी उत्पादन गर्नेभनि पाठ्यक्रममा ध्यान दिएको देखिदैन । यसै क्रममा एकजना जापानीज प्राध्यापक श्री हाजिमे यामासिताको भनाई शुदर्सन घिमिरेले लेख्नु भएको केहिअंश याद आयो । “जापानमा यूध्दपश्चात् देसको शिक्षा लगायत पुननिर्माणका कार्यलाई कसरि अगाडि बढाउने भन्ने विषयमा छलफल भैरहेको थियो । यसको मेसोमा अमेरिकि सरकारले जापानमा अमेरिकाकै जस्तो शिक्षा निति लागुगर्ने सिफारिस ग¥यो । त्यतिवेला अमेरिकामा शिक्षक आफैले स्थानिय आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने र सोहि अनुरुप पढाउने प्रचलन रहेछ । हाम्रो सरकारले पनि सोहि नितिको अनुसरण गर्र्ने निर्णय ग¥यो । त्यसले हाम्रा शिक्षकहरुमा ठुलो हलचल ल्यायो । किनभने शिक्षकले पहिलो पल्ट आफै सोच्नुपर्ने भयो । त्यसअघि शिक्षकहरु पाठ्यपुस्तकमा भएका कुरा विद्यार्थीलाई रटायर बस्थे । तर अब त शिक्षकले के रटाउने भनेर पनि सोच्नुपर्ने भयो” ।
“समुदायको अवस्था र त्यहाँ ल्याउनु पर्ने परिवर्तनलाई केन्द्रमा राखेर पाठ्यक्रम बनाउन भनियो । साना कक्षामा स्थानीय कुराहरु पढाउन जोड दिईयो भने क्रमशः माथिल्ला कक्षाहरुमा क्षेत्रीय, राष्ट्रीय र अन्तर्राष्ट्रीय क्षेत्रका कुराहरु पढाउने निति लिईयो । तर यस निम्ति सोंच्ने नयाँ पाठ्रयक्रम बनाउने र त्यस अनुसार पढाउने समेत सबै जिम्मेवारी शिक्षकलाई नै दिईयो । जसरि शिक्षकहरुलाई पठ्यक्रम बनाउन दिईयो, त्यसरि नै उनिहरुले विद्यार्थीहरुलाई आफ्ना साथिहरुसंग सिक्न र आफुले जानेका कुरा सिकाउन लगाए । यसका लागि अन्तरकृया र समुहमा अध्ययन गर्ने विधि अपनाईयो । कुनै समस्या या विषयवस्तुका वारेमा विद्यार्थीहरुलाई एकापसमा छलफलगर्न लगाईयो । त्यहाँ समस्या आईपरेमा वा नवुझेको कुरा बझाउने काम चाहिं शिक्षकहरुले गर्न थाले । अर्थात शिक्षकको काम छलफललाई सहजीकरण गर्ने मात्र हुनथाल्यो । अमेरिकीहरुले सिकाय अनुसार लागु गरेको यो उपाय निकै उपलब्धीमुलक देखियो । यसले विद्यार्थीहरुमा पनि नयाँ कुराजान्नका लागि खोज्ने र चिन्तनशील हुने संस्कारको थालनी गरायो । जापानको शिक्षाको लागि यो ठुलो टर्निङ्ग प्वाईन्ट थियो । जसले आधुनिक र समृध्द जापान बनाउन निर्णायक योगदान ग¥यो” ।
नेपालको शिक्षा, विद्यार्थीकोे क्षेमता अभिवृध्दि गर्ने खालको नभै पाठ्यक्रममा जे छ त्यहि रटाउने खालको छ । मेरो एउटा प्रत्यक्ष अनुभव बताउन मन लाग्यो । कुरा वि.सं. २०३५ सालतिरको हो । एकजना जुनियर कर्मचारी जो राजनितिमा पनि कुनै दलतिर सकृय आस्था राख्ने गर्दथे, उनले हाट्टहुट्ट गरि प्राईभेट प्रवेशीका परिक्षा पास गरे । यसपछि हेल्थअशिष्टेण्ट पढन काठमाण्डौंतिर लागे । त्यहाँपनि राजनितिक आस्थाको भरमा विद्यार्थी नेतागिरि गर्दै हाट्टहुट्ट गरि पास गरे । यत्तिकैमा उनले विद्यार्थी नेता भनेर नाम कमायो । यसपछि त्यहि नाताले एमबिबिएसमा भर्ना पनि पाए । यस व्याच्लर कोर्समा पनि विद्यार्थी नेताको अभिनय गर्दै डन स्वभाव निकाली एमबिबिएस पासगरेर आफ्नो राजनितिक लिंक मार्फत रजिष्टर्ड पनि गरे । अहिले त्यो विद्यार्थी औषधी गर्ने डाक्टरको रुपमा क्लिनिक खोलेर बसेका छन । यस किसिमको उच्च शिक्षाका उत्पादन नागरिकवाट राज्यले के आशगर्न सकिन्छ होला ?
हिमालय टेलीभीजनको अन्तरवार्तामा पंचायतकालका शिक्षामंत्री श्री केशर बहादुर विष्ट ज्यूले भन्नु भएको याद आयो । “पंचायत कालदेखि नै विद्यार्थी नेताहरु जुनकुनै तहको भएपनि जबजब परिक्षा आउँथ्यो, जानाजान नाराजुलुस गरि कुनै काण्ड मच्चायो अनि जेलतिर जानेगथ्र्यो । त्यो किन गरेको भने, परिक्षा जेलभित्रै दिन पाईने थियो । त्यहाँ जेलभित्र कुनैन कुनै पढेलेखेका विज्ञहरु पनि हुन्थे, उनैलाई परिक्षाको उत्तर लेख्न लगाई पास गर्थे” । अब मनन् गरौ, यसरि बनेको पढेलेखेका भनिने नेताहरुवाट के कति आशगर्न सकिन्छ । हरेक क्षेत्रमा राजनितिक पकड यसरि भईरहेको छ जस्तैः, कर्मचारी यूनियन, विद्यार्थी यूनियन, कृषक यूनियन, मजदुर यूनियन, डाक्टर र ईन्जीनीयरको यूनियनको नाममा हरेक क्षेत्रमा राजनिति हुनेगर्छ । हुँदाहुँदा कुुनै कलेजमा भर्नाहुन पनि त्यहि राजनितिक यूनियन गुहार्नु पर्ने, उपचार गर्न त्यहि राजनितिक यूनियन गुहार्नु पर्ने, कुनै किसिमको सेवा सहयोग लिनुपरेमा त्यहि राजनितिक यूनियन गुहार्नु पर्ने, हुँदाहुँदा उपचारका लागि अस्पताल जानपनि कुन खेमाको डाक्टर छ हँ भनेर सोध्नुपर्ने हुनथालि सक्यो ।
त्यसैले देसको विकास गर्नका लागि सकारात्मक सोंच भएका नैतिकवान, सभ्य, कुशल र सक्षम नागरिक उत्पादन हुनु जरुरी छ । यसको लागि देसको शिक्षानिति र पाठ्यक्रममा सुधारवाटनै संभव छ । सबै क्षेत्रमा राजनितिक अखडा बनाएर विकास हुने संभव देखिदैन । त्यसैले शिक्षामा परिवर्तन ल्याउने तरिका वारे फेरि जापानीज प्राध्यापक श्री हाजीमे यामासीताको भनाई याद आयो । “केहि स्कुलहरु घुमेको र शिक्षकहरु संग कुराकानी गरेको आधारमा भन्नुपर्दा अहिले नेपालको पढाई परिक्षामुखी छ । जाँच पासगर्नु नै यहाँको पढाईको मुख्या अभीष्ट जस्तो देखिन्छ । जसले गर्दा जिवनका लागि चाहिने आधारभुत सीपहरु शिक्नवाट बालबालीका बन्चित भैरहेको छन । अनि शिक्षकहरु कक्षाको अगाडि उभिएर विद्यार्थीलाई निर्देशन दिनमा नै धेरैजसो समय खर्च गरिरहेको देखिन्छन । तर यो विधिवाट केटाकेटीहरुले खासै सिक्न सक्तैनन् । बरु शिक्षकहरु पछाडिको बेन्चमा बसेर विद्यार्थीलाई कुनै समस्या या नयाँ विषयमा छलफल गर्न दिनु उचित हुन्छ । समाधानको बाटो पहिल्याउने या नयाँनयाँ खोजगर्ने प्रेरणा र अवसर केटाकेटीहरुलाई नै दिनुपर्छ । त्यहाँ शिक्षक राम्रो सहजकर्ता वा केहि हदसम्म मेन्टर बन्नेगर्नु राम्रो हुन्छ” ।
अर्को कुरा, भाषाका कारण विद्यार्थीहरुको सिकाईमा पनि धेरै फरक पर्ने गरेको देखिन्छ । मैले फ्रान्सको एल्जास र जर्मनको सिमानामा पर्छ । यहाँका स्कुलहरुको अवलोकन गर्ने मौका पाएको थिएँ । यसवेला अनुभव गरेको वारी र पारी रहेका तिदुवै देसका स्कुलहरुमा आ–आफ्नै भाषामा पढाईएको थियो । र यसरि आ–अफ्नै देसको भाषामा उच्च शिक्षा सम्म शिक्षा हाँशील गर्ने गरेका थिए । अनि मैले कौतुहलवस साथिहरुलाई “किन तपाईहरुको देसमा अंग्रेजी शिक्षामा पढाई हुँदैन ?” भनेर सोधेंको थिएँ । साथिहरुले “पहिलो कुरा आफ्नै भाषाको महत्व बढि हुन्छ, दोश्रो कुरा भाषाले विद्यार्थीको सिक्ने समय बर्बाद पार्छ । किनभने पढाईमा दिनुपर्ने समय भाषा सिक्दैमा खेरजान्छ । र तेश्रो कुरा आफ्नो मातृभाषामा बुझ्न जति सजिलो हुन्छ अरुको भाषामा त्यस्तो सजिलो हुँदैन” भनेर जवाफ दिए । मलाई उनिहरुको कुरो साह्रै चित्त बुझ्यो । अनि मनमनै भनें मेरो देसका नेताहरुले पनि यो कुरालाई ध्यानदिए हुन्थ्यो ।
विकसीत देसहरुमा मैले देखेको, विद्यार्थीहरुलाई शिक्षकले जेभने त्यहिगर्ने आज्ञापालक नभै आफै चिन्तन गर्ने, सोँच्ने र खोजगर्ने गर्छन् । आफ्नो होस वा देस र समाजको होस, समस्याका विषय उनिहरु आफैलाई छलफलमा उतारि निष्कर्स निकाल्ने गरेको पाईयो । यस कुराले सानै देखि उनिहरुको सोच्ने र खोजगर्ने सक्तिको विकास हुने देखियो । यहाँनिर फेरि प्राध्यापक श्री हाजिमे यामासिताको भनाई सम्झन मनलाग्यो । “हाल नेपालको प्रगती र समृध्दी कृषीमै निर्भर छ । तर परम्परागत विधिवाट अत्यधिक उत्पादन सम्भव छैन । त्यसको निम्ति आधुनिक प्रविधिहरु भित्राउनै पर्छ । यसरि उत्पादित बस्तुलाई सोेझै बजारमा पठाउनुको सट्टा कोल्डस्टोरमा राखेर वेसिजनमा निकाल्ने वा प्रशोधन गरि महँगो मुल्यमा विक्रिगर्ने निति लिनुपर्छ । उदाहरणका लागि भटमास उत्पादन गरि सोझै विक्रिगर्नु भन्दा यसको तेल बनायर बेच्दा युवायुवतीले रोजगारी पनि पाउँछन । यसले अरु क्षेत्रमा पनि रोजगारीको सृजना हुनसक्छ । यसको लागि प्रविधि भित्राउने र उपयोग गर्न सिकाउने सबैभन्दा उपयूक्त माध्यम आखिर विद्यालयहरुनै हुनसक्छन” ।
जापानीज प्राध्यापक श्री हाजीमे यामासिताको कुराले मलाई फ्रान्स भ्रमणको बेला देखेको र मनमा खट्केको कुरापनि याद आयो । फ्रान्सको कृषकले पहिलो कुरो माटो र हावापानीलाई ध्यानदिई सोहि अनुसार उचित बाली लगायको पाइयो । यसरि कृषीमा धेरैजसो सामुदायीक तवरले गरिएको देखियो । यसपछि उत्पादन गरेको बालीलाई हाजीमे यामासिताले भनेजस्तै प्रशोधन केन्द्रमा लगेको देखियो । यो प्रशोधन केन्द्र स्थानिय सहकारीले सन्चालन गरेको थियो । र यस सहकारी प्रशोधन केन्द्रमा सबै कृषकहरुको शेयर रहेछन । यसो भएपछि कृषकलाई बजारको चिन्ता पनि नहुने, प्रशोधीत सामानको मुनाफा पनि पाउने गरेको देखेको थिएँ । यो देखेपछि मलाई आफ्नो देसमा यसैगरि नमुनाको कृषी कार्यक्रम चलाउन पाए हुन्थ्यो भन्ने ईच्छाले स्कुल र सहकारीहरुमा प्रस्ताव पु¥याएको पनि थिएँं । तर यो प्रस्ताव प्रति कसैको ध्यान गएको पाईएन । यसपछि मलाई नेपालको नागरिकहरुमा यस किसिमको क्षेमता विकास हुन समयलाग्ने संझि चुपचाप बस्न बाध्य भएको थिएँ ।
जापानीज प्राध्यापक श्री हाजीमे यामासिताको अर्को कुरापनि महत्पुर्ण लाग्यो । उनको भनाईमा “शिक्षा नितिले देसलाई मायागर्ने भावना जगाउनु पर्छ । नेपाली राजनितिक नेतृत्वमा देसको समृध्दी र ईमान्दारी हुन नसक्नु हो । जुनकुरा धेरै हदसम्म नाजायज पनि होईन । यस निम्ति पनि नेपालको शिक्षानै जिम्मेवार छ । नेतृत्वले पाएको शिक्षामा कहिँकतै कमि भएकोले यो समस्या देखिएको हो । यसको कमीकमजोरी काहाँनिर छ, पाठ्याक्रममा, शिक्षकमा अथवा अन्य कतै छ भनि पहिचान गरि समस्या समाधानका लागि उचित कदम चाल्नुपर्ने पहिलो प्राथमिक्ता हो” । “आर्थीक क्षेत्रहरुको पहिचान गर्ने र त्यसको विकासका लागि तिति बनाउने काम सरकाको हो । तर शिक्षा संग यसलाई नजोडी उत्तम नतिजा हाँसिल हुँदैन । कृषी, व्यापार र पर्यटन लगायतका आर्थीक उपार्जनका नयाँनयाँ क्षेत्र र माध्यमहरु वारे संभावनाको खोजी गर्ने सांच देखि त्यसको लागि आवश्यक ज्ञान तथा सीपहरु माध्यमीक र कलेज तहका शिक्षाले दिनैपर्छ ।”
अन्तमा, विद्यालयहरुको पनि स्पष्ट भिजन हुनु आत्यावश्यक छ । कति कक्षा सम्ममा, कति विद्यार्थीलाई कुनस्तरको विद्यार्थी बनाउने, उसको आचरण र क्षेमता कस्तो हुने, अनुशासन र नैतिकताका वारे के हुने आदी आदी । सरकारले निजि विद्यालयलाई प्राथमिक्तामा राख्नु हुँदैन । यसले देस भित्र दुईथरिका नागरिक उत्पादन गराउँछ । निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुले सरकारी सुविधाहरु नपाउने गरि स्पष्ट निति हुनुपर्छ । विद्यार्थीमा परिवर्तन ल्याउन शिक्षकमा पनि परिवर्तन आउनु जरुरी छ । किनभने प्रायजसो विद्यार्थीहरुले शिक्षकको अनुसरण गर्छन । विद्यार्थीहरुलाई नयाँनयाँ प्रविधिका वारेमा जानाकारी दिलाउने, खोजगर्ने, अनुशन्धान गर्ने अवसरहरु प्रदान गर्नुपर्छ । अन्यथा उनिहरुको दिमागमा शिक्षकले जेजति भरिदिएको हुन्छ उनिहरुको क्षेमता पनि त्यतिमात्रमा निर्भर हुनेगर्छ । देसको नेता होस् वा जनता सबै नागरिक कुशल हुनु आवश्यक छ । कुशल नागरिक उत्पादन गर्ने पहिलो कारखाना विद्यालयनै हो । यसवाट उत्पादन भएको नागरिक क्षेमतावान, सभ्यतावान, कुशलवान र अनुशासीत भएपछि देसले पनि सोहि अनुसारको नेता र विकास पाउँनेछ । त्यसैले देसको शिक्षा निति र पठ्यक्रममा आमुल परिवर्तनको आवश्यक छभन्ने मेरो व्यक्तिगत धारणा छ । यसो भएमा आगामी पुस्ताका नेता र जनता कुशल निश्कने छन । अस्तुः
(लेखक मास्केः स्वाथ्य कर्मी, चौध वर्ष निजि विद्यालयको अध्यक्ष र दश वर्ष निजि प्राविधिक शिक्षालयको सन्चालक थिए)
0 Comments