Uncategorized
Old age problems

Badri Maskey

August 14, 2024
Comment (0)

                                                                                          बुढेसकाल अभिसाप किन ?                                                                                                                                                                   (१३ आश्वीन २०७८ मा राष्ट्रीय नेपाल समाचार पत्रमा प्रकाशीत)

                                                                                                                                                     बद्री मास्के, गोरखा

मान्छे जन्मिएपछि शारीरिक अवस्थाका विभिन्न चरण पारगर्छ। यो प्राकृतिक नियमहो । यसबाट कोही अछूतो हुँदैन ।यसै गरी मान्छे एकदिन अवश्य मर्छ तर कहिले मर्छ भन्ने ठेगान हुँदैन ।मान्छेको उत्तराद्र्ध जीवन वृद्धावस्थाका कारण कष्टकर हुन्छ । यसको व्यवस्थापनका लागि पहिलेदेखि नै योजना बनाउनु अत्यावश्यक छ ।

जीवनलाई रंगीन वा सादा बनाउने आफैँमा भर पर्ने कुरा हो ।बाल्यकाल खेलेर बित्छ । त्यस बेला दुःख के हो, थाहा हुँदैन । यो बेलाको जीवन सबैभन्दा सुखद हो । युवावस्थामा पुग्दा मानिस आफूलाई सर्वेसर्वा ठान्छ, वृद्ध हुन्छु वा मर्छु भन्ने हेक्का हुँदैन । वृद्धावस्थामा पुगेपछि मान्छेमा अनुभव र ज्ञानको भण्डार हुन्छतर त्यसको उपयोग गर्ने सामथ्र्य हुँदैन । उनीहरुको जीवन नै संकटमा पर्छ ।यसर्थ  सरकारले स–सम्मान उनीहरुको उत्तरदायित्व बहन गर्नुपर्छ ।

मेरा फ्रान्सेली साथी डा.फ्राँस्वाज हल्बाक भन्छन्,‘यो ग्रह (पृथ्वी)को समस्या जनसंख्या वृद्धि हो । ५० वर्षअगाडि म जवान हुँदा विश्वकोजनसंख्या ३ अर्ब थियो तर अहिले ८ अर्ब छ । १९८५ मा नेपालको जनसंख्या १ करोड ३० लाख थियो तर अहिले ३ करोड छ । यसै गरी विश्वको जनसंख्या बढ्दै जाँदाके हालत होला?तसर्थ,समयमै सोच्नुपर्ने हुन्छ ।’यहाँ प्रसंग वृद्धहरुको हो,परापूर्व कालमा नेपाली परिवार सगोलमा हुन्थे, कोही वृद्धहरुको हेरचाह गर्थे,कोही काममा लाग्थे ।अझै पनि कतिपय परिवार यही परिवेशमा छन् । विज्ञान र प्रविधिको विकासलेबिस्तारै मान्छेको आयु ७५–८० वर्षसम्म लम्बिदै छ । यसले वृद्धहरुको समस्या पनि उत्तिकै बढ्दै गएको देखिन्छ ।कतिपय वृद्धवृद्धा शान्तिको खोजीमा भौंतारिएका हुन्छन् । शान्ति नमिलेपछि संन्यास लिन्छन् । नेपालका पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा वैराज्ञजीवन बिताउँदै संन्यासी भए ।

त्यस्तै भारतका रिलायन्स कम्पनीका उपाध्यक्ष प्रकाश शाह मासिक ६ करोड २५ लाख तलबको पद छाडेर संन्यासी जीवन बिताउँदैछन् । यसरी मान्छेको असीमित चाहनाले वाक्क हुँदै सादाजीवन बिताउनेको संख्या निकै पाइन्छ । फ्रान्सका प्रो.डा.पाउल ग्रेस्लरले एक समय मलाई जंगलको टापुमा एक वृद्धाश्रम देखाए । त्यहाँ वृद्धहरुका लागिसबै सुविधा थियो । मैले सोधें, ‘किन जंगलमा,यहाँ आउन अनिवार्य हो ?’जवाफमा उनले भने,‘होइन, वृद्धवृद्धालाई श्वासप्रश्वासको समस्या हुन्छ,उनीहरुलाई प्रदूषण रहित स्वच्छ हावा चाहिन्छ । त्यसैले वृद्धहरु यो ठाउँ मन पराउँछन् ।

’मनमनै भनेँ– कति सुविधा पाउँछन् युरोपियन वृद्धवृद्धाहरु । वृद्धावस्था सबैको सहज हुँदैन । यस विषयमा कल्पना वान्तवाले २०७५ माघ १९ को एक दैनिकमा लेखेकी थिइन् ।सो लेखअनुसार नेदरल्यान्ड्सका पिटर नामका एक युवालाई ‘क्लस्टर हेडेक’ नामको अत्यन्त पीडादायी रोग लागेछ,कुनै उपचार नलागेपछि सरकारले युथनेसिया-सघाइएको आत्महत्या) को अनुमति दिने पहिलो कानुन बनाएको रहेछ । यही कानुन बनेपछि नेदरल्यान्ड्समा प्रतिवर्ष हजारौं व्यक्तिले युथनेसियाको बाटो रोज्ने गरेका रहेछन् ।

‘युथनेसियाः सुखसँग मर्न देऊ’शीर्षकमा लेखिएको लेखमा कल्पना वान्तवाले बेल्जियमको रोचक घटनासमेत लेखेकी थिइन् ।उनका अनुसार ब्रोसेल्सको सिमोन नामकी ८५ वर्षीया एक महिलालाई डाक्टरले सोधे,‘गुड मर्निङ, कस्तो छ ?’ सिमोनले भनिन्, ‘हजुर पूरापुर तयार छु । बिहानको कसरत गरिसकेँ, खाजा खाएँ, भेटघाटका काम पनि सकेँ र ज–जसलाई सम्झनुपर्ने हो, सबैको नाउँमा खामबन्दी सन्देश पनि लेखिभ्याएँ ।’सिमोनको कुरा सुनेपछि डाक्टरले सानो गिलासमा कुनै पेयपदार्थ दिई पिउन सघाउँछन् । सिमोनले त्यो पिइसकेपछि डाक्टरले उनलाई सुताइ दिन्छन् । सिमोन तुरुन्तै कहिल्यै नबिउँ तिने गरी निदाउँ छिन् ।

सिमोन आफ्नी प्यारी छोरी बितेपछि डिप्रेसनको व्यथाले ग्रसित थिइन् । त्यसैले उनले युथनेसियाको बाटो रोजेकी थिइन् भनेर लेखिका वान्तवाले उल्लेख गरेकी थिइन् ।यसरी युथनेसियाको कानुन पास गर्ने पहिलो राष्ट्र नेदरल्यान्ड्स थियो । यसपछि जर्मनी, जापान, क्यानडा, स्वीट्जरल्यान्ड,कोलम्बिया र अमेरिकाका केही राज्यले यो कानुनलाई मान्यता दिएका छन् । दक्षिण कोरियामा पनि एक्टिभ र प्यासिभ युथनेसियाको नामबाट स्वीकृति दिनेचलन देखिन्छ ।

एक्टिभ युथनेसिया भनेको मर्न चाहनेको निवेदनका आधारमा कष्ट नहुने गरीसीधै नबिउँ तिने इन्जेक्सन दिइन्छ अनि उनीहरु सदाका लागि निदाउँ छन् । प्यासिभ युथनेसियामा जीवनलाई बचाउने औषिध र खानेकुरा छुटाई मरणासन्न अवस्थामा पु-याइन्छ ।यसलाई अलि कष्टकर मानिन्छ भनी वान्तवाले आफ्नो लेखमा स्पष्ट पारेकी थिइन् ।यस किसिमको कानुन नभएका देशहरुबाट कष्ट भोगिरहेका मानिसहरु एकतर्फी टिकट काटेर युथनेसियाका लागि स्वीट्जरल्यान्ड जाने गरेको पनि वान्तवाले लेखेकी थिइन् ।म आपूपनि हेल्थ ब्याक ग्राउन्डको भएको हुँदा वि.सं.२०२५ मा मेडिसिन पढाउने डा.शम्भु पन्तले प्रश्न गरेका थिए, ‘राजा–महाराजाले सुखदायी मरण चाहना गरेमा केगर्ने ?’हामीअनुत्तरित भयौं, पछि आफैंले उत्तर दिँदै ‘नबिउँ तिने यो नामको औषधि खुवाइन्छ’ भनी बताएको मलाई सम्झना छ ।

यो सबै थाहा पाउँदा विगतदेखि वृद्धवद्धाहरुलाई मानसिक र शारीरिक कठिनाइका कारण बाँच्न कठिन भएको देखिन्छ । यसै विषयमा चर्चा हुँदा एकजना साथीले भनेका थिए,‘बुढेसकालको कष्टकर जीवन किन बाँच्ने ? ७५ वर्षभन्दा बढी बाँच्ने चाहना छैन ।’छिमेकी मुलुक भारतमा पनि सन् २०१८ मा युथनेसियाको कानुन पास गरेको सुनिन्छ । तर यो कानुन आउनु भन्दा अगाडि देखि तमिलनाडु क्षेत्रमा ‘तलै कुतलको नाममा बूढाहरुलाई वैद्यकोमा लगेर विषालु औषधि खुवाउने वा खाल्टो खनी दबाउने चलन रहेछ । भारतका अमीर खानले सञ्चालन गरेको ‘सत्यमेव जयते’ कार्यक्रममा करेसपोन्डेन्ट, डेकोन क्रोनाइल, चेन्नाईकी प्रमिला कृस्नानले बताएकी छन्, ‘आजकल परम्परागत चलन छाडेर तलैकुतलका नयाँरुप डाक्टरको क्लिनिकमा लगेर सुई लगाई मार्छन् । कतिपय युवाले मेरो बुबालाई यसरी नै मारेको बताएका छन्।’यो प्रथा धनी या गरिब सबैमा लागू हुने गरेको उनले बताएकी छन् ।

प्रमिला कृस्नान अगाडि भन्छिन्, ‘मैले एकजना युवतीलाई भेटेकी थिएँ । उनले भनेकी थिइन्– म पढाइको लागि दिल्ली जाँदै छु तर मेरो बुबा मलाई बोझ भैरहेकोले अप्ठ्यारोमा छु, म स्वतन्त्र हुन चाहन्छु, त्यसैले बुबालाई इन्जेक्सन दिएर तलैकुतल गरीदिल्ली जाँदै छु ।’उनको यो भनाइ सुनेपछि वृद्धवृद्धाहरुले आफ्नो दीर्घ जीवनका लागि आफैँ व्यवस्था गर्न अतिजरुरी छ भन्ने लाग्यो ।नयाँ दिल्लीका एजवेल फाउन्डेसनका सञ्चालक हिमांशु राठ बताउँ छन्, ‘युवाहरुको चाहना धेरै हुन्छ ।

यसको परिपूर्तिका लागि बिहानदेखि बेलुकासम्म काममा खट्छन् अनि कुन बेला आमा–बाबुको सेवा गर्छन् ? आजकल मान्छे सरदर ७५–८० वर्षसम्म बाँच्छतर आफ्नो उत्तराद्र्धको लागि कुनै तयारी गर्दैन । अनि समाजले कसरी गर्छ उसको लागि तयारी ?’उनी अगाडि भन्छन्, ‘वृद्धहरु ७५–८० हुँदा उनका छोराछोरी पनि ५० को हाराहारी हुन्छन् । उनीहरुले वृद्धघवृद्धाको अवस्था सबै देख्छन् । सम्पत्तिका लागि उनीहरुबीच दूरी बढ्न थाल्छ । त्यसैले आफ्नो नामको सम्पत्ति आफैंसँग राख्नुपर्छ, जतिमाया गरे पनि अर्कोलाई दिनु हुँदैन । जब चुनाव आउँछ २३–२४ प्रतिशत भोटर वृद्धहरु नै हुन्छन् । अरु जाऊन्, नजाऊन् तर वृद्धहरु भोटहाल्न जान्छन् । उम्मेदवार पनि प्रायः बूढानै हुन्छन् तर चुनाव जितेपछि वृद्धहरुका लागि नियम कानुन केही बनाउँदैनन् ।’ यो कुरा सुन्दा वृद्धवृद्धाहरु कति अपहेलित छन् ? चित्त कटक्क दुःख्छ ।

कहीँको चलन वृद्ध बाबु-आमालाई डोरीले बाँधेर भिरबाट गुल्ट्याउने वा फर्कन नसक्ने अनकन्टारमा लगेर छाड्ने चलन पनि सुनियो । यस्ता त्रूरसंस्कार पनि यो संसारमा छन् । अर्को नेपालकै घटना हो, केही वर्षअघि मर्निङ वाकमा जानेहरुले काठमाडौंको कुपण्डोल पुलमुनि चलिरहेको बोरा देखेछन् । किनारमा झिकेर हेर्दा एक वृद्ध महिला रहिछन् । कसले ल्यायो यहाँ भनेर सोध्दा ‘मेरै छोराले’ भनिछन् । छोराको नाम केहो भन्दा ‘छोरालाई तिमीहरुले पिट्छौ, थुन्छौ, त्यसैले नाम भन्दिन’ भनेको सुनियो । त्यसपछि उनलाई पशुपतिको वृद्धाश्रममा राखिएको थियो । यो कुरा सुन्दा वृद्धहरुको मन किन नरोला ?

युवाहरु बाल बच्चाको भविष्य बनाउन, परिवार र आफ्नो इच्छा पूरागर्न मरिमेटेर काम गर्छन् । अनि बाबु-आमालाई अस्पताल लाने–ल्याउने, उपचार गराउने, औषधि खुवाउने समय कहाँ पाउनु ? यसर्थ कतिपय वृद्धवृद्धा सामान्य औषधिको भरमा काललाई कुरेर ऐय्या–आत्थागर्दै बाँच्न विवश छन् । छोरा–बुहारी दिसा–पिसाब सफागर्न घिनाउँछन् । बाबु-आमासँग खानपान र कुरा मिल्दैन । यसैले चाहेर पनि बाबुआमालाई मायादिन सकेको हुँदैन । यसै कारण सम्पत्ति भएका सभ्यमान्छेहरु पनि बाबुआमालाई कुनै बहाना बनाई वृद्धाश्रम पु-याउँछन् । अन्यथा घरझगडामा फसेका परिवार पनि देखिएको छ ।

बूढा बूढीसँगै बाँचुन्जेल केही हदसम्म सहज होला । एकजना बितेपछि एकल जीवन झनै कठिन हुने देखिन्छ । यसमा पनि बूढाको अगाडि मृत्यु भए बूढीलाई छोरा–बुहारीसँगको बसाइ केही सहज होला । तर बूढी अगाडि बितेमा बूढाकोबिजोग हुने गरेको देखिएको छ । यसैले वृद्धवृद्धाहरुको योजनाबद्ध बसाइ आवश्यक देखिन्छ ।नेपालीका प्रायः छोराछोरी विदेशमा छन् । स्वदेशमै हुनेहरुपनि कामका लागि शहरतिर जान्छन् । आजकल गाउँघर सहयोग विनाको वृद्धाश्रम बन्न पुगेको छ । एक्काइसौं शताब्दीका मानिसले वृद्ध जीवन बिताउन सहज बाटो किन नबनाउने ?

आनन्द र सुखका लागि होइन वृद्धाश्रम, केही वर्ष सहजसँग बाँच्न र छोराछोरीको स्वतन्त्रताका लागि हो । बुढेसकालका लागि सम्मानजनक ज्येष्ठ नागरिक आश्रमको परिकल्पना गरिएको छ । यसरी खोलिने ज्येष्ठ नागरिक आश्रम, खर्चगर्न सक्ने र नसक्ने दुवैका लागि विभिन्न श्रेणीको हुनुपर्छ । यसबाट वृद्धहरु सहज तरिकाले अरु बढी बाँच्न सकून् भन्ने हो, जसमा निम्न सेवा–सुविधा प्राप्त होस् ।

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *