पानी र अन्तरराष्ट्रीय विवाद
(२०७१।०४।०७ मा अभियानमा प्रकासित)
प्रस्तुतः बद्री बहादुर मास्के, संस्थापक अध्यक्ष, पृथ्विनारायण खानेपानी संस्था, गोरखा
जिवनको पहिलो आवश्यक वस्तु हो पानी, यो निर्विवाद कुरो हो । पानी बिना कुनै प्राणीहरु पनि बाँच्ने छैन । पृथ्विको ७५% प्रतिसत भुभाग पानीले ढाकेको छ । तर पिउन योग्य पानी भनेको ३% प्रतिसत मात्र छ । यो ३% प्रतिसत पानी मध्ये ७०% प्रतिसत पानी हिउँको ढिक्का बनेर बसेको छ । मानिसले पाउने भनेको पिउन योग्य पानी १% प्रतिसत मात्र हो । विस्वको ७ अरब भन्दा बढि जनसंख्यालाई यो १% प्रतिसत पानीले पु¥याउनु पर्नेहुँदा मानिसले पानीलाई महत्वका साथ हेर्नजरुरी छ । हामिले पानीलाई आदर पुर्वक व्यवहार गर्दैनौं भने भविष्यमा पानीकै कारण धेरै दुःख पाउँनेछौं, यसको समाधानका कुनैपनि उपाय नहुन सक्छ । तसर्थ, पानीको महत्वलाई हेरेर अन्य बस्तुसंग तुलनागर्न कदापी मिल्दैन ।
प्राकृतिक परिवर्तनले गर्दा कुनै क्षेत्रमा अति धेरै पानी पर्ने र कुनै क्षेत्रमा अति थोरैपर्नेे गरेको हामि सबैले अनुभव गरि रहेकैछौं । पृथ्वि तात्नु (Global Warming) का कारण आवश्यक मात्रामा पानी नपर्ने गरेको पनि विज्ञहरुले बताई रहेकैछन । यसकै कारण हिमालहरु पग्लेर कालो देखिन थलेकोछ । पानीको श्रोतहरु सुकेर वस्तिहरुको जनजिवन अस्थव्यस्थ हुन थालेकोछ । कल कारखानाहरुका कारण पानीको श्रोतहरुमा प्र्रदुषणको मात्रा दिनानुदिन बढ्दै गईरहेकोछं । जनसंख्या बृध्दिका कारण पानीको अभाव अरुबढि हुँने पक्का देखिन्छ । यस्तो विकराल अवस्थामा पनि एसिया माहादिपका मानिसहरु पानीलाई कम महत्व दिने गरेका छन । यसको संरक्षणका लागि कुनै प्रयास गरेको देखिन्न । जबकि पानीलाई सहि तरिकावाट संरक्षण र विसर्जन गर्ने होभने अझै पृथ्विमा पानीको समस्या हटाउन सकिन्छ । जसलाई प्राविधिकहरुले भन्ने गरेका छन “Rain water harvesting” र “Waste water र Disposal plan” हुनुजरुरी छ । तर सरोकारवालाहरु सकृय हुनुपर्ने रसरकारले महत्वका साथ ध्यानदिनु पर्ने देखिन्छ ।
पानीको महत्व थाहा पाउनका लागि मानव शरिरमा पानीको भाग र यसको आवश्यक्ता कति हो भन्ने कुरा थाहा पाउन अति जरुरी छ । मानिसको शरिरमा पानीको भाग ८०% प्रतिसत भन्दा बढी हुन्छ । टाउकोमा ८५% प्रतिसत हुन्छ भने रगतमा ८२% प्रतिसत पानी हुन्छ । खानेकुरा विना मानिस १ हप्ता सम्म बाँच्न सक्छ । तर, पानी विना मातिस केहि दिन पनि बाँच्न सक्तैन । साधारणतया शरिरमा आवश्यक पानी महिलाको लागि दैनिक ३.३ लिटर र पुरुषको लागि दैनिक ४.५ लिटर आवश्यक पर्दछ । एकजना मानिसको सरसफाईका लागी दैनिक थप् ४० लिटर पानी आवश्यक पर्दछ । नुहाउन, पकाउन सहित मानिसको लागि पानी अकल्पिनीय ढंगवाट बढिरहेको छ कि २०० लिटर÷दिन÷व्यक्ति सम्म आवश्यक पर्ने देखिन्छ । यसरि नै मानव जिवनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने अन्य बस्तुहरुको उत्पादनका लागि पनि पानी त्यत्तिकै चाहिन्छ भन्नेकुरा थाहा पाउनु जरुरी छ । जस्तै कि ः– एकटन् आलु उत्पादन्को लागी १००० टन् पानी चाहिन्छ । एक एकड् जमीन्मा मकै खेतिको लागी ४००० ग्यालन् चाहिन्छ । एक दाना स्याउको लागी १६ ग्यालन पानी चाहिन्छ । एक दाना सुन्तला फलाउनको लागी २२ ग्यालन चाहिन्छ । एउटा अण्डा उत्पादनको लागी ८५ ग्यालन आवश्यक पर्छ भने एक लफ पाउरोटीका लागी १५० ग्यालन र एक पाउण्ड मासु उत्पादनको लागी ३००० ग्यालन पानी चाहिन्छ । मानव जिवनमा यतिधेरै पानीको आवश्यक पर्ने भएपछि हामि जनमानस र सरकारले पानीलाई महत्वका साथ पहिलो प्राथमिक्तामा राख्नु पर्छ ।
मानव शरिरमा पानीको कमिले हुने प्रभावका वारेमा पनि जनमानस सबैले थाहा पाउनु जरुरी छ । शरिरमा पानी ५% प्रतिसत कमी भएमा मुख सुकेर तिर्खा लाग्ने, चिट्चिटाहट हुने, वाक्वाक लाग्ने र शरिर कमजोर महशुष हुनेगर्छ । १०% प्रतिसत पानी कमी भएमा चक्कर लाग्ने, टाउको दुख्ने, हिड्डुल गर्न नसक्ने र शरिरको तल्लो भाग झम्झम गर्न थाल्छ । १५% प्रतिसत पानी कमी भएमा मधुरो देख्ने, पिसाव पोल्ने, जिव्रो फुल्लिने, कान नसुन्ने र छालाको भाग लाटोहुने हुन्छ । र १५% प्रतिसत भन्दा बढी पानी शरिरमा कमी भएमा साधारण तया मानिसको मृत्यू सम्म हुनसक्छ । मानिसको शरिरमा पानीको काम एउटा घोलक तत्वको रुपमा, पोषण तत्व वाहक् वा रक्षक्को रुपमा काम गर्ने गर्दछ । यसले खानेकुरावाट प्राप्त पौष्टीक तत्वहरु पानीमा घुलिएर रगत संगै शरिरको अन्य भागमा बोकेर लैजाने काम गर्दछ । तसर्थ, प्राविधिकहरु के भन्छन भने “The solution to pollution is dilution” हो ।
विकसित देसहरुले पानीलाई धेरै प्रकारवाट उपयोग गरेको पाईन्छ । शहर नजिक पानीको नहरहरु लगेर ठुला ठुला परिमाणका सरसामानहरुको सहज ढुवानी व्यवस्था गरेको पनि पाईन्छ । पानीलाई व्यवस्थित गरि पर्यटक आकर्षण गरेको पनि देखिएको छ । यसैगरि पानी दुषीत हुनवाट जोगाउन विविध किसिमको प्रविधिहरु अपनाउने गरेका हुन्छन । त्यसैले मानव जिवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै तरिकाले पानीवाट रोगहरु आउन नसक्ने गरि व्यवस्था गरेका छन । यसरि विकसित देसहरुले पानीको संरक्षण र संबध्र्दन गरेर जिवनलाइ सुविधा यूक्त बनाउन सफल भएका छन । हाम्रो देस नेपाल जलश्रोतको धनि मुलुक भनिन्छ । तर जनता भने पानी नपाएर दुःख पाईरहेका छन ।
पानी कै कारण विस्वमा यूध्द निम्तिने संभावनाको खवरहरु मिति २०७०।०४।०९ गतेको अभियान पत्रिकामा प्रकासित भएको थियो । एसिया माहादीपमा जलश्रोत् माथिको प्रतिस्पर्धाका कारण पानी यूध्दको संभावना बढ्दै गएको विश्लेषकहरुको मूल्यांकन छ । काश्मीरको किशन गंगाको पानीमा भारत र पाकिस्तानको विवाद भईरहेको छ । सन् २०५० सम्ममा भारत र पाकिस्तान दुवै देसमा पानीको चर्को अभाव हुने संभावना पनि देखिएको छ । दक्षिण एसियामा मात्र नभै विस्वभरि नै पानी सँग सम्बध्द द्वन्दहरु चर्किदै गईरहेको अवस्था छ । टर्की, सिरिया, ईरान र ईराक विच जोर्डन नदीमा र १० अफ्रिकी देस विच नाईल नदीको बाँडफाँडको विषयमा बढ्दो विवादलाई उदाहरणका रुपमा पनि लिन सकिन्छ । यस्तै गरि दक्षिण पुर्वी एसियामा चिन र लाओसले मिकिङ्ग नदी माथि बनाउन लागेको ठुला बाँधहरुले पनि त्यस क्षेत्रकै चर्को विवाद उत्पन्न गराई रहेकोछ । विस्वमा देखिएका यस्ता पानीका समस्याहरुलाई हेर्दा आगामी दिनमा पानीका कारण विस्व यूध्द निमत्याउन नसक्ला भन्न सकिन्न ।
पानीको विवादकै कुरागर्ने होभने, पानीको स्वामीत्व र प्रयोगको वारेमा ईजरायल र जोर्डन विच विगत देखि असहमत भईरहेको थियो । तैपनि, सन् १९९४ को ट्रिटीले केहि हदसम्म समाधान गरेकोछ । टिनि जेवीस राज्यले जोर्डन नदीको मुख्य पानीको भण्डारलाई आफ्नो कब्जामा ओगटेर राखेको छ । यस कुरामा सिरिया र जोर्डनले असन्तोष व्यक्त गरिरहेको अवस्था छ (One cause of the 1967 Arab-Israeli war was said to be water) । ब्ल्यूनाईलको पानीको वारेमा ईजिप्ट र ईथोपीयाको विचमा पनि कडा यूध्द भएकै थियो । ईजिप्टलाई नाईल्को पानीमा ९८% भर पर्नुपर्ने भएकोले उनिहरु यसमा कब्जा जमाई राख्न खोजि रहेका छन् । यसैगरि टर्कीमा दक्षिण पुर्वीको एनाटोलिया प्रोजेक्टमा यूथ्रेटस् नदीको आधा जसो पानी वरावरी बांडीएकोछ । एसिया माहाद्वीपमा जलश्रोत् माथिको प्रतिस्पर्धाका कारण पानी यूध्दको संभावना बढ्दै गएको विश्लेषकहरुको मूल्यांकनले देखाई रहेकोछ । काश्मीरको किशन गंगाको पानीमा भारत र पाकिस्तानको विवाद कायमै छ । विज्ञहरुका अनुसार सन् २०५० सम्ममा भारत र पाकिस्तान दुवै देसमा पानीको चर्को अभाव हुने संभावना बताई रहेकाछन । दक्षिण एसियामा मात्र नभै विस्वभरि नै पानी सँग सम्बध्द द्वन्दहरु चर्किदै गईरहने संकेत देखिन्छ । टर्की, सिरिया, ईरान र ईराक विच जोर्डन नदीमा र १० अफ्रिकी देस विच नाईल नदीको बाँडफाँडका विषयमा बढ्दो विवादलाई उदाहरणका रुपमा पनि लिन सकिन्छ । यस्तैगरि दक्षिण पुर्वी एसियामा चिन र लाओसले मिकिङ्ग नदी माथि बनाउन लागेको ठुलो बाँधहरुले पनि त्यस क्षेत्रकै चर्को विवाद उत्पन्न गराईरहेको छ ।
अन्तमा, विस्वमा देखिएको पानीको समाधानका लागि विज्ञान तथा नयाँ प्रविधिवाट पृथ्विमा अभाव हुँदै गईरहेको पानीको आपुर्ती गर्नसक्ला त ? मानिसहरुले जिवनमा आईरहेका विविध किसिमको कठिनाईहरुलाई पन्छायर जसरी भएपनि अगाडी आईरहेको पानीको प्रचुर समस्यालाई समाधान गर्न सक्ला त ? राष्ट्रसंघमा आवध्द देसहरु लगायत पश्चिमा मुलुकहरु पनि यस किसिमको समस्यावाट प्रभावीत बन्ला त ? यस समस्यावाट मानव जिवनमा आकष्मीक विपत्तीहरु आउन सक्ने संभावना टड्कारो छ । विस्वका देसहरुले अनिकालको बेला एक आपसमा सहकार्य गर्नुपर्नेछ । विस्वमा प्रचुर मात्राको गरिबि हटाउने कामगर्नु पर्नेछ, । कतिपय राष्ट्रहरुलाई अहिले पनि पानीको अभाव खट्की रहेको अवस्था बिद्यमान छ । यसलाई विस्वका सबै राष्ट्रहरुले सहयोगी हातहरु फैलाउनु पर्ने देखिन्छ ।
(साभार ः– अमेरिकन वैज्ञानिक् MR. WAYNE ICENHOWER को लेखमा आधारित)
0 Comments