Uncategorized
बद्रीको वारेमा भच्चेक पत्रिकामा

Badri Maskey

May 5, 2026
Comment (0)
May be an image of text

Bhachchek Khabar

dSteoropsnl6il39uhcl75i14c2i5h6amu1uiui00u1i73li1u49huhmmgm8  ·

गोरखामा सबैभन्दा पहिले कम्प्युटर भित्र्याउने उहाँ नै हो – बद्रीबहादुर मास्के
#bhachchekkhabar
नेपालमा ल्यापटप, कम्प्युरको इतिहास लामो छैन। कतिपय नेपालीले कम्प्युटर र ल्यापटप देख्नु त परको कुरा, नामसम्म पनि नसुनेको बेलामा गोरखामा भने २०५२ सालमा कम्प्युटर भित्रियो। त्यति बेला ल्यापटप, कम्प्युटरको नामसमेत नसुनेका गोरखालीहरूलाई बद्रीबहादुर मास्केले डेस्कटप कम्प्युटर भित्र्याएर छक्क पारे।

गोरखा बजारको सम्पन्न परिवारमा जन्मिएका मास्केले नै गोरखामा सबैभन्दा पहिले कम्प्युटर भित्र्याएका हुन्। उनले कम्प्युटर ल्याउँदा जिल्लाका सरकारी अड्डाहरूमा समेत टाइपराइटर मात्र चलाउने चलन थियो। मास्केले त्यति बेला पनि ६५ हजार रुपैयाँ खर्चेर १४ इन्चको ब्ल्याक एण्ड ह्वाइट डेस्कटप खरिद गरेका थिए। कम्प्युटर ल्याएपछि हेर्नका लागि गोरखा बजारका स्थानीयहरूको भीड नै लाग्यो।

२००४ सालमा जन्मिएका उनी सानैदेखि केही न केही नयाँपनको खोजीमा हुन्थे र अनेक गरिरहन्थे। ल्यापटप भित्र्याउने मास्के अहिले सदरमुकामका विभिन्न सामाजिक संस्थामा पदीय जिम्वेवारी लिएरै काम गरिरहेका छन् ।

कम्प्युटर किन्न जाँदाको किस्सा


२०५२ सालमा मनमा कम्प्युटर किनेर चलाउन पर्‍यो भन्ने लागेकै कारणले कम्प्युटर किने उनले। मास्केले उक्त कम्प्युटर किन्दाको किस्सा पनि अविस्मरणीय नै छ। ‘त्यो कम्प्युटर किन्न जाँदा त्रिपुरेश्वरको आँखा अस्पतालमा मेरा एक जना साथी शिव अर्यालसँग हेर्न गएको थिएँ’, उनले २०५२ सालको कुरा सम्झँदै भने, ‘ठूलो कोठामा कार्पेट ओछ्याएर एउटा डेस्कटप कप्युटर राखेको थियो। हामी कम्प्युटर भएको कोठामा छिर्न मात्र के लागेका थियौँ, साहुजी आएर हत्तपत्त कम्प्युटरलाई भाइरस सल्किन्छ, जुत्ता फुकालेर आउनु भन्यो। हामी दुई भाइ त ट्वाँ परियो। यस्तो नि कहीँ हुन्छ भनेर त्यत्तिबेला अचम्म मानेका थियौँ।’

जुत्ता लाएर जाँदा कम्प्युटरमा कसरी भाइरस सल्किन्छ भन्ने उनीहरूलाई पत्तो थिएन। त्यो अहिलेसम्म पनि बुझेका छैनन्। कार्पेट बिछ्याएर बिक्रीका लागि राखिएको त्यो डेस्कटप कम्प्युटर हाल पर्यटन सूचना केन्द्र काठमाडौंमै थन्किएको छ। त्यही दिन उनले कम्प्युटर खरिद गरेका थिए।

कम्प्युटर ल्याए पनि चलाउन महाभारत

हाल निजी स्वास्थ्य संस्थामा कार्यरत उनी कम्प्युटर खरिद गर्दाको समयमा पनि स्वास्थ्य क्षेत्रमै काम गर्थे। आफ्नो स्वास्थ्य संस्थाका लागि पनि काम लाग्ने नयाँ कुरा पनि सिकिने भन्दै उनले कम्प्युटर त भित्र्याए तर चलाउन भने आउँदैनथ्यो। ‘त्यो बेलामा पनि ६५ हजार रुपैयाँ खर्चेर कम्प्युटर त ल्याइयो, चलाउन आउँदैनथ्यो’, विगतका दिनहरू सम्झँदै उनले सुनाए । उनलाई कम्प्युटर फिटिङ गर्दा फिटिङकर्ताले भनेका केही कुराहरूको यादले कम्प्युटर सिक्ने हुटहुटी जागेको थियो। ‘कम्प्युटर ल्याएपछि थन्क्याएर राख्ने कुरा भएन’, उनले भने, ‘यसलाई जसरी हुन्छ सिक्नु पर्‍यो भने कस्सिएँ। जानी नजानी किबोर्ड दबाएर विस्तारै सिकेँ। कुन अक्षर कहाँ हुन्छ भन्ने जान्न थालेँ।’

‘पछि ल्यापटम भित्रियो‘

पुरानो डेस्कटप, त्यो पनि ब्ल्याक एण्ड ह्वाइट चार वर्ष चलाए। पछि उनलाई ल्यापटप चलाउने रहर पलायो। पढाइ तथा रोजागारीका लागि जापान पुगेका मास्केका छोराले नै बाबुका लागि भनेर सेकेण्ड ह्याण्ड ल्यापटप पठादिए। ‘२०५६ सालमा जापानबाट छोराले एउटा पुरानो ल्यापटप पठाइदिएको थियो। त्यसमा सिडी र पेन ड्राइभ चल्ने गर्थ्यो’, उनले भने। उनले सोही ल्यापटपमा आफू कार्यरत संस्थाका कामहरू टाइप गरे। पुरानो डेस्कटप र छोराले पठाइदिएको पहिलो ल्यापटप हाल मास्केको गोदाममा थन्किएका छन्।

पछि ब्राण्डेड ल्यापटप

गोरखामै पहिलो पटक कम्प्युटर भित्र्याएर सबैलाई छक्क पारेका मास्केले अहिलेसम्म पाँचवटा ल्यापटप परिवर्तन गरिसकेका छन्। १४ इन्चको ब्ल्याक एण्ड ह्वाइट डेस्कटपबाट सुरु भएको उनको कम्प्युटर यात्रा अहिले डेलको नयाँ मोडलको कम्युटर र एप्पलको म्याक ल्यापटपसम्म पुगेको छ।


(मास्केकोबारेमा यो लेख पत्रकार सन्तोष अधिकारीले लेखेका हुन्)

See less

Comments

Mukti Pokharel

२०३४ सालमा म मकैसिड०मा हुदा उहॅापनि हेल्थपोस्टमा हुनुहुन्थ्यो ! वनमा अमला र मकै अफै ले परिकार बनाएर प्यकिड० गर्दै हामिलाइ चखाएर प्रवर्धनात्मक कार्यमा प्रेणा दिनुहुन्थ्यो! खालिहात नबस्ने गुण अनुकरणीय !!!!

May be an image of coffee cup and text that says 'Good Morning Morning Good Good'

SaRu XtHa

महान काम!!💕💕💕💕

Bhawana Shrestha

🙏
🙏

Shila Aryal Dhamala

🙏
🙏

Iman Singh Gurung

आज यो पोस्ट मज्जा लाग्यो, सुरु देखि अन्त्य सम्म पढें र अलि अलि ०५०/०५१ साल तिरको सम्झना पनि मनमा आयो।

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *