Uncategorized
Shyaga Non-voilence

Badri Maskey

August 14, 2024
Comment (0)

चुमनब्रीमा “श्याग्या (अहिंशा)” कानुन्
(मिति २०८०।०३।२४ मा राष्ट्रीय समाचार पत्रमा प्रकाशीत)

बद्री मास्के, गोरखा
मिति २०८०।०३।२१

गोरखाको चुमनुब्री गाउँपालीका हिमालपारिको तिब्बतको सिमाना भयको गाउँपालीका हो । यसको वार्ड नं. ३ घट्टेखोला सम्म कच्चिवाटो पुगेको छ । यहाँका अध्यक्ष निमा लामाज्यू र छाङ्ग लामाजि सहित केहि साथिहरु संगको भेटघाट गर्नेमौका मिल्यो । उहाँहरु संगको कुराकानीमा चुमनब्री उपत्यकाको प्राकृतिक र धार्मीक रहनसहनका वारेमा रोचक जानाकारी भयो । अध्यक्ष निमा लामाज्यूले परंपरागत देखि चलेको “श्याग्या (अहिंशा)” र “आम्ची (सोवारिग्पा)” को वारेमा प्रकाशीत स्थानिय राजपत्र दिनुभयो । अध्यक्ष निमा लामाज्यूको “अहिंशाको अभियान चुमनुब्रीको पहिचान” भन्नेनारा प्रेरणादायी छ । अब म गोरखाको हिमालपारीका पुराना कुराहरुको जानाकारी दिन चाहान्छु ।

हिमालपारिको गोरखा वि.सं. २०५२ सालसम्म वाह्य पर्यटकलाई प्रतिवन्धीत थियो । उसवेला उत्तरी गोरखा गरिबि, अशिक्षा, कठिन भौगोलिक स्थितिको अवस्था थियो । नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण एवं व्यवस्थापनमा नेपाल सरकारका प्रयाशहरुलाई सहयोग गर्ने उदेश्यले वि.सं. २०३९ सालमा तत्कालीन् “श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष” नामको नाफारहित स्वायत संस्था स्थापना भयको थियो । वि.सं. २०६३ सालमा कोषको ऐन संसोधन गरि “राष्ट्रीय प्रकृति संरक्षण कोष” नाम परिवर्तन गरियको हो । यसैको अन्तरगत मनास्लु क्षेत्र संरक्षण आयोजना हालसम्म संचालित छन । यहि आयोजनाको कार्यक्रमवाट यसक्षेत्रमा बस्नेखाने सुविधा प्राप्त भएपछि पैदल यात्री पर्यटकहरु लार्केपास हुँदै मनाङ्ग निस्केर फर्कने गरेका छन ।

राणाकालीन समयमा उत्तरि गोरखालाई अठ्ठारसय खोलाभन्ने गरेका थिए । विकट क्षेत्र हुनुको साथै यहाँका रहनसहन, चालचलन, भेषभुषा, भाषा र धर्म आदी फरक हुनुले छुट्टैराज्य होकिजस्तो हुन्थ्यो । यसक्षेत्रमा हिउँपर्न थालेपछि हिड्न नसक्ने बृध्दहरुको लागि खानेकुरा बन्दोबस्त गरि घरमै छाडेर हिड्न सक्नेहरु चिसो छल्न र व्यापार गर्नभनि तल्लो क्षेत्रतिर झर्दथे । उनिहरुको व्यापार जिम्बु, निरमसी, सेतोनुन् (भोटेनुन्), सियो, राडीपाखी, टिम्मुर, सिलाजित आदी हुनेगथ्र्यो । पहाडका मान्छेहरु कहिले सेतोनुन् (भोटेनुन्) खान्थे, कहिले मधेशवाट आउने ढिकेनुन् (सावरीनुन्) खानेगर्थे । यसरि परापुर्व कालदेखि भोटखोलाले पहाडलाई नुन् र जडिबुटी सप्लाई गरेका थिए ।

संघीय गणतन्त्र शुरुहुनु भन्दा अघि हिमालपारि सात गाविस सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, विहि, चुम्चेत, सिर्दिवास थिए । वि.सं. २०१८ सालसम्म उत्तरी सिमानाको छेकम्पारमा भारतीय सैनिक चेकपोष्ट थियो । तत्कालीन राजा महेन्द्रको पालामा नेपालको उत्तरि सिमानाको सबै भारतिय चेकपोष्टहरु हाटाईयका थियो । पहिला चुमनुब्री क्षेत्रमा लुकिछिपि शिकार गर्नेहुँदा वन्यजन्तुहरु लोपहुँदै गएका थिए । तर, अहिले हिंशा निषेधित कानुन् आएपछि जनावरहरु घरघरमा चर्न आउँछन ।

हिमाली क्षेत्र भैकन यहाँ हरियाली, अहिंशाको कानुन, चराचुरुंगी, वन्यजन्तु प्रशस्त हुनुले सबैलाई लोभ्याएको छ । केहिवर्ष पहिले यसठाउँमा पुग्न सातदिन लाग्दथ्यो । अहिले सेनाद्वारा खनियको बाटोले चुमनुंब्री–३ घट्टेखोला सम्म गोरखावाट ९७ किमि मात्र भएकोले एकैदिनमा पुग्न सकिन्छ । अर्को अचम्मको कुरा के होभने एकसय वर्ष अगाडी वि.सं. १९७७ सालदेखि सबै जनता बौध्दमार्गी भएकोले “श्याग्या (अहिंशा)” को स्थानिय नियम बनाई शिकार खेल्न, माहुरिको महकाढ्न, वन्यजन्तु र घरपालुवा जनावरको हिंशागर्न निषेध गरियको रहेछ । यो क्षेत्र हिमश्रृंखलाले घेरियको भएपनि प्राकृतिक श्रोतले भरिपुर्ण हुँदा स्वर्गीय आनन्द वातावरण देखिन्छ । करिव ६ महिना हिउँ ढाकिने भएपनि यो ठाउँमा याक, चौरी, घोरल, चितुवा, भालु, जरायो, खरायो, रेडपन्ना, हिमालयन थार, नाउर, ब्लुसिप, कस्तुरी मृग जस्ता बन्यजन्तु पाईन्छ । चराचुरुङ्गीमा डाँफे, मुनाल, बनकुखुरा, ढुक्कुर, तित्रा आदी पाईन्छ ।

यस चुमगाउँमा गुरु पद्मसम्भका गुप्तस्थान र महायोगी मिलारेपाको ध्यान गुफा फुक्रोन फुक (परेवा गुफा) जस्ता प्रशिध्द तिर्थस्थलहरु रहेछ । साथै, सरफुक्रकोमा स्वयम उत्पत्ती शिसाको स्तुपा, दायाँवाट ठ्रुइछु (शुध्दीकरण गर्ने जल) वायाँवाट दिर्घायु जल प्रवाह हुने, स्वयम् उत्पत्ती ढ्याङ्रो, शंख, बाजाहरु, गुरुको हस्त र पाउको छाप, डंकीनीको गुप्तमार्ग आदी पवित्र स्थानहरु छन । गुरु पद्मसम्भवले भविष्यमा धर्म अभ्यास गर्नका लागि केहि धार्मीक ग्रन्थहरु गुप्तरुपमा लुकाई राखेको स्थान मध्ये एक भेयुलकिमोलेङ (चुमको अर्को नाम) हुन्पनि भनिन्छ । यि गाउँहरु १८०० देखि ५०९३ मिटर सम्मको उचाईमा पर्छन । यिनिहरुको जिविकोपार्जन कृषी र पशुपालन हुन् । खेतीमा गहुँ, फापर, केराउ, आलु, तोरी, मुला, गाँठेमुला र मकैहरु हुन्छन् । तर यि बालीहरु पाक्न करिव ६–१२ महिना सम्म लाग्नेगर्छ । योठाउँ तिब्बतको सिमाना भएकोले सामान्य व्यापार पनि गर्छन ।

बौध्दगुरु डुक्पा रिन्पोछेको पुर्वअवतारको जिवनीमा सामुहिक सद्गुणको शक्तिले १५औं रबजुङ, पृथ्वी अश्व साल (हिमाली संवत) वि.सं. १९७५ (सन १९१८) मा डुक्पा रिन्पोछेको पुर्व अवतार बौध्द गुरु ङ्वाङ पाल्साङ रिन्पोछेज्यू ड्रकार (सिमापारीको पवित्र ठाउँ) तिर्थयात्रामा आएर ध्यानमा बस्दा लामाहरु संग राम्रो संबन्ध भएपछि वङलुठी (बुध्द बचन) आदानप्रदान गर्दा प्रख्यात भएका थिए । सोहि सालमा चुम उपत्यकाकी आनी निमा डोल्मा लगायत पच्चीस जना ड्रकार जाँदा रिन्पोछे द्वारा उनिहरुलाई तिनवटै वङ्लुङ्ठी प्रदान गरेका थिए । सयचोटी ञ्युङ्ने (उपोसथ व्रत) गर्न आदेश पनि दिए । १५औं रबजुङ आईरन फिमेल–माङ्की सालमा (हिामली संवत) रिन्पोछे किरोङमा (रसुवा सिमा) आएका थिए ।

आने निमा डोल्माले ड्रुक्पा रिन्पोछेलाई पहिलो पटक चुम उपत्यकामा निम्तो गरि रिगाङ गुम्बाबाट चुमगाउँ सम्म प्राण प्रतिष्ठा र मंगल पाठगर्दै स्थानीयलाई दिर्घायू अभिषेक प्रदान गरि आनीहरुलाई दिक्षा समेत दिएका थिए । चुमका तेह्रवटै गाउँमा हरेक महिना पुर्णीमा, औंसी र अष्टमीका दिन मणि (अवलोकेतेस्व मन्त्र) जपगर्ने कार्यक्रमको निमित्त कोषको स्थापना समेत गरेका थिए । योगी मिलारेपाको ध्यानगुफा फुक्रोन फुकमा ध्यानगर्दै हजारैं छोग् (गणचक्र) र भेटी चढाए । सन् १९२२ मा किरोङ फर्किए भने त्यसका विवरणहरु गेलोङ सोनामद्वारा रचित ड्रुक्पा रिन्पोछेको पुर्वा अवचारको जिवनीमा प्रष्ट लेखियको छ ।

चुम उपत्यकामा “शाग्या (अहिंशा)” को परंपरा गौरवपुर्ण ईतिहाँश रहेछ । चुमवासीको सामुहिक सद्गुण शक्ति १५औं रबजुङ्, विक्रम संवत १९७७ सालमा पुजनीय ड्रुक्पा रिन्पोछेको (सेराप दोर्जे) पुर्व अवतार पुजनीय ङ्वाङ पासाङ रिन्पोछेलाई चुमभ्यालीमा आमन्त्रीत गरिएको थियो । उनै रिन्पोछेको उपदेशमा बौध्द मठहरु, लाब्ड्राङका लामाहरु र जनताका सामुहिक प्रयाशमा पवित्र स्थल चुम उपत्यकामा चराचुरुङ्गी लगायत कुनैपनि जिवित प्राणीहरु मार्न निषेध गर्ने दृढकानुन बनेको रहेछ । यसभन्दा अगाडी कुनै गुम्बाहरुमा मात्र काटमार गर्न नपाईने बन्देज थिए ।

स्थानीय भाषामा “श्याग्या” कसैकसैले यसको अर्थ वर्षभरि उपभोग गर्नका लागि जाडो मौसममा जनावरहरु मार्ने कार्यलाई भनिने पनि गर्छन । यहि कामकुरा तिब्बतको भाषामा “शेताङ” पनि भन्ने रहेछ । जनावरहरु मार्नका लागि जाल विछ्याउने कामलाई स्थानिय भाषामा “थाख हु चुग्” भन्ने रहेछ । जनावरहरु एकैपटक मार्नका लागि जाल विछ्याउने कामलाई स्थानीय भाषामा ‘थाख हु चुग्’ भन्दो रहेछ । पाल्तु जनावर मार्ने कामलाई “श्या” र जाल विछ्याउने कामलाई ‘ग्याञीचुग्’ शब्दको “ग्या” मिलायर सजिलोका लागि “श्याग्या” भनियको रहेछ । यसरि हत्याहिंशा गर्न नपाईने कुरामा आम सहमती गरि लिखित नियम बनायको पनि एक शताब्दी भैसकेको रहेछ । यसैले यसैलाई निरन्तरता दिन चुमनुब्री गाउँपालीकाले मिति २०७९।१०।०२ मा स्थानीय राजपत्र प्रकाशन गरि कानुन निर्माण गरेका रहेछन् ।

अध्यक्ष निमा लामा भन्नु हुन्छ “श्याग्या एउटा परम्परा मात्र नभएर जिवन बाँच्ने कलापनि हो । जसमा प्राणी हिंसालाई कुनै स्थान दिईएको छैन” । हुनपनि यस “श्याग्या (अहिंशा)” कानुन्ले यहाँको पर्यावरणलाई जोगायर प्रत्यक्ष रुपमा फाईदा पु¥यायको देखिन्छ । अहिले सेनामार्फत निर्माण भैरहेको मोटरबाटोले प्रत्यक्ष फाईदा देखियको भएता पनि निरन्तरमा यहाँको वातावरणमा असर पु¥याउँछ भन्ने लागेकोछ । मोटरवाटोले पैदल यात्रीहरुको चापघट्न सक्ने संभावना देखिन्छ । यसको बदला चुमउपत्यकालाई संरक्षित क्षेत्र घोषणा गरि पैदल मार्ग सुधार गर्नु र पर्यटकको सेवासुविधामा ध्यानदिन सकेको भए उचित हुन्थ्योकि जस्तो लाग्यो । यति ठुलो धनराशी खर्चगरि बनाईयको मोटरबाटोले संरक्षण गरि जोगायको चुमउपत्यकाको पर्यावरणमा ह्रास आउँन सक्ने आशंका माात्र व्यक्त गरेको हो ।

यसैगरि “शाग्या” र “बुध्दधर्म” को परिचयका लागि धेरैवर्ष अगाडी देखि रिन्पोछेले करिव चारमहिना मन्त्रजपेर बौध्द धर्मको परिचय दिंदै आउनु भएको थाहा भयो । यसरि दोथाङ (फिलिम) देखि माथि चुमउपत्यका सम्म बौध्दधर्मको प्रवचन गर्दै आएको देखिन्छ । कहिलेकाही माथल्लो भेगको लामाहरु, खेन्पोहरु र लोप्पोहरु पनि प्रवचन गर्दै हिड्नु भएकोले यस क्षेत्रमा मादक पदार्थ छाड्नेको संख्या बृध्दिहुँदै गएको छभन्ने सुनियो ।
विसं १९७७ सालमा ड्रुक्पा रिम्पोछे द्वारा स्थापना भएको “श्यागा (अहिंशा)” कानुन् विसं २०७८ मा सयवर्ष पुरा भएपनि कोभिड र अन्यकारणले शताब्दी वर्ष मनाउन नसके पछि यहि २०८० साल बैशाख ६ गतेदेखि श्याग्या शताब्दी महोत्सवमा पुजनीय ड्रुक्पा रिन्पोछे (पुरानामः ङवाङ लोप्साङ जिग्मे खेत्राव देर्जे पाल्साङपो) थुप्तेन जोङ्पा रिन्पोछे, नेपाल सरकारका पदाधिकारीहरु, गुम्बाका लामाहरु र स्थानीयवासीको उपस्थितिमा संपन्न भएको अध्यक्ष निमा लामाज्यूले बताउनु भयो । अध्यक्ष निमा लामा भन्नुहुन्छ “यसले भावी पिढिलाई चेतना फैलाउनुको साथै जिम्मेवार पनि बनायको छ” । अहिंशा परंपरालाई पालना गर्ने स्थानियको प्रतिवध्दता र स्वघोषणा सहित परंपरालाई अनन्तकाल सम्म निरन्तरता दिन चुमनब्री गाउँपालीकाको १२औं गाउँसभाले पारितगरि अध्यक्ष निमा लामाज्यूले परम्परालाई संरक्षण गर्नुभएको देखियो ।

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *